क्यान विवाद समाधानतर्फ, मुद्दा फिर्ता गर्न निवेदन दर्ता

  • विकेटनेपाल, पुष-२२ , आइतबार 

काठमाडौँ : लामो समय देखी विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को विवाद हाल सम्म सल्टिन सकेको छैन्। क्यान विवादलाई समाधान गर्नको निमित्त निलम्वनमा रहेको क्यानले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन अदालतमा शनिबार निवेदन दर्ता गराएको छ।

निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले आफुहरुले मुद्धा फिर्ताको लागि अदालतमा निवेदन बुझाई सकेको बताए। “हामिले मुद्दा फिर्ता लिन अदालतमा निवेदन दर्ता गराईसकेका छौ। अदालतबाटनै बाँकि कुरा हुनु पर्ने हो।”

“अब छिटै अदालतले पनि आफ्नो कारबाहि अगाडी बढाएर विवाद समाधानमा सहयोग पुराउनेछ भन्नेमा म बिश्वस्त छु।” प्याकुरेलले भने।

Ashok Nath Pyakurel
Ashok Nath Pyakurel

मुद्दा फिर्तासंगै नेपाली क्रिकेटको विवाद समाधानतर्फ उन्मुख हुने देखिएको छ। यस अघि अदालतको मुद्दा फिर्ता नलिदासम्म क्रिकेट विवाद समाधानको प्रक्रिया अघि बढ्न सकेन। आईसीसीको स्वतन्त्र कमिटिले गत महिना डिसेम्बर २६ सम्म अदालतको मुद्दा फिर्ता लिनुपर्ने समयसिमा बनेको थियो।

निलम्बित क्यानले मुद्दा फिर्ताको निवेदन दर्ता गराएपछि विवादको मुख्य चुरो जिल्ला निर्वाचनको अन्तिम रिपोर्ट आउन बाँकी छ ।
नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षर भउको भन्दै आईसीसीले करिब साढे २ वर्ष अगाडी (२०७३) मा नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो।

नेपाल क्रिकेट संघले ४ बर्ष अघि साधारणसभामा चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो जसलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको थिएन। त्यसपछि परिषदले रमेश शिलवाललाई अध्यक्ष बनाएर क्यानको अर्को तदर्थसमिति बनाएको थियो। त्यसको बिरुद्ध निर्वाचिन क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा हालेको थियो जुन अझै विचाराधीन रहेको छ।

आईसीसीले राखेप र क्रिकेट संघ दुवैलाई विचाराधीन मुद्दा फिर्ता लिन पत्र पठाएको थियो।





थप समाचार

नेपाल बलिङ गर्दै, कुशल बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान […]

नेपालसँग खेल्ने बंगलादेशको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादेशको टोली […]

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]