फोटोहरुमा हेर्नुस कसरि गर्दैछ महिला राष्ट्रिय टिम एसिया विश्व कप छनौट तयारी

Nepal Womens Cricket Team
  • विकेटनेपाल, पुष २५ – बुधवार 

फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमा आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिताको तयारीको लागि नेपाली महिला क्रिकेट टिम यति बेला टियु क्रिकेट मैदानमा अभ्यासरत छ।

प्रतियोगिता अघि नेपाली टिमले जनवरी १२ देखि सुरु हुने अर्को प्रतियोगिता ‘थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९’ मा सहभागिता जनाउने छ जसको लागि जनवरी ११ तारिकमा टिम त्यसतर्फ प्रस्थान गर्नेछ।

नेपाली टिमलाई बिनोद दासले प्रशिक्षण गरिरहेका छन्। बन्दसत्रमा २४ जना खेलाडीहरु रहेका छन् जसमध्ये थाईल्याण्ड जान १४ जना टिमको चयन गरिनेछ।

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

थाईल्याण्ड वुमेन्स टि-२० प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, इन्डोनेसिया, मलेसिया, तान्जानिया, थाईल्याण्ड,  एसएल नेभी, कुवेत, नेपाल र नामिबियाको महिला टिमले सहभागिता जनाउदै छन्। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिनेछ। नेपाल रहेको समुहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुवेत रहेका छन्।

नेपालले जनवरी १२ तारिकमा तान्जानियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने जनवरी १४ तारिकमा नामिबियासंग, जनवरी १५ तारिकमा इन्डोनेसियासंग तथा जनवरी १६ तारिकमा कुवेतसंग प्रतिस्पर्धा गर्नेछ। समुह चरणमा एक टिमले अर्को टिमसंग खेलीसकेपछि दुवै समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

फोटोहरुमा हेर्नुस महिला टिमको तयारी :- 





थप समाचार

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]

राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको […]

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]