फोटोहरुमा हेर्नुस कसरि गर्दैछ महिला राष्ट्रिय टिम एसिया विश्व कप छनौट तयारी

  • विकेटनेपाल, पुष २५ – बुधवार 

फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमा आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिताको तयारीको लागि नेपाली महिला क्रिकेट टिम यति बेला टियु क्रिकेट मैदानमा अभ्यासरत छ।

प्रतियोगिता अघि नेपाली टिमले जनवरी १२ देखि सुरु हुने अर्को प्रतियोगिता ‘थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९’ मा सहभागिता जनाउने छ जसको लागि जनवरी ११ तारिकमा टिम त्यसतर्फ प्रस्थान गर्नेछ।

नेपाली टिमलाई बिनोद दासले प्रशिक्षण गरिरहेका छन्। बन्दसत्रमा २४ जना खेलाडीहरु रहेका छन् जसमध्ये थाईल्याण्ड जान १४ जना टिमको चयन गरिनेछ।

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

थाईल्याण्ड वुमेन्स टि-२० प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, इन्डोनेसिया, मलेसिया, तान्जानिया, थाईल्याण्ड,  एसएल नेभी, कुवेत, नेपाल र नामिबियाको महिला टिमले सहभागिता जनाउदै छन्। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिनेछ। नेपाल रहेको समुहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुवेत रहेका छन्।

नेपालले जनवरी १२ तारिकमा तान्जानियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने जनवरी १४ तारिकमा नामिबियासंग, जनवरी १५ तारिकमा इन्डोनेसियासंग तथा जनवरी १६ तारिकमा कुवेतसंग प्रतिस्पर्धा गर्नेछ। समुह चरणमा एक टिमले अर्को टिमसंग खेलीसकेपछि दुवै समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

फोटोहरुमा हेर्नुस महिला टिमको तयारी :- 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy