वुमेन्स टि-२० स्म्यास : नेपालको लगातार दोश्रो जित, सरिता मगर उत्कृस्ट

Nepal Women's Cricket Team
  • विकेटनेपाल, पुष-२९ – आइतबार 

थाईल्याण्डमा जारि वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो जित हात पार्ने क्रममा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा खेलेको दुवै खेल जित्दै नेपालले अपराजित यात्रा कायम राखेको हो।

प्रतियोगिता अन्तर्गत नेपालले तेश्रो खेल सोमबार युएईसंग खेल्ने तालिका रहेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मलेसियाले ६१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ६२ रनको लक्ष्य नेपालले ४ विकेट मात्र गुमाएर पुरा गर्यो।

६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात पनि राम्रो हुन सकेन। ओपनर काजल श्रेष्ठ ६ रन तथा इन्दु बर्मा ३ रन बनाएर आउट भइन्। धैर्यतापुर्वक ब्याटिंग गरिरहेकी अर्की ओपनर सिता राना मगर १६ रन बनाएर रन आउट हुन पुगिन्। १० ओभरमा ३ विकेट गुमाउदा नेपालले ३२ रन मात्रै बनाउन सकेको थियो।

सरिता मगर पनि खाता नखोली रन आउट हुन पुग्दा ३८/४ को अवस्थामा पुगेको नेपाललाई त्यसपछि रोमा थापा र ममता चौधरीले जिततर्फ डोर्याउने काम गरे। दुवैले पाँचौ विकेटको लागि २४ रनको साझेदारी गर्दा नेपालले १६.२ ओभरमा लक्ष्य पुरा गर्यो र खेल ६ विकेटले सजिलै जित्यो।

रोमा थापाले अविजित २० रन बनाउन २४ बलमा १ चौका प्रहार गरिन्। यस्तै ममता चौधरीले अविजित ९ रन ( १५ बल ) बनाईन्।

मलेसिया बलर इन्टन जाफर र आइना हाशिमले १/१ विकेट लिईन्।

सरिता मगरको उत्कृस्ट बलिङ्ग 

यस अघि पहिलो इनिंगमा नेपालको कसिलो बलिङ सामु टिक्न नसकेको मलेसिया ३ बल अगावै ६१ रनमा अलआउट भयो।

टस जितेर ब्याटिंग गरेको मलेसियाको सुरुवात राम्रो हुन सकेन। ओपनर इलियानी रहिम खाता नखोल्दै दोश्रो ओभरमा कविता कुँवरको बलमा क्याच आउट भइन्। त्यसपछि दोश्रो विकेटको लागि ओपनर याकुप र जिन यीले १९ रनको साझेदारी गरे।

मलेसियाका लागि जिन यी ले सर्वाधिक १२ तथा याकुवले ११ रन बनाइन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि प्लेयर अफ द म्याच समेत चुनिएकी सरीता मगरले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन्। यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले १-१ विकेट लिइन्।मलेसियाका तीन खेलाडी रनआउट भए।

Sarita Magar
Sarita Magar

४ विकेट लिए संगै अफ स्पिनर सरिता मगर नेपालको लागि महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने खेलाडी समेत बनेकी छिन्। यो रेकर्ड हिजो चिनसंग करुना भण्डारीको थियो जसले ९ रन खर्चेर ३ विकेट लिएकी थिईन्।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]