४ नेपाली खेलाडी जो युएईको जितमा तगारो बन्न सक्नेछन्

  • विकेटनेपाल, माघ १० – बिहिबार 

नेपालले युएईसंग जनवरी २५ देखि ३ एकदिवसीय र ३ वटा टि-२० को सिरिज खेल्दैछ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिजमा नेपाली क्रिकेट टिमले युएईसंग उसैको घरमा कस्तो प्रदर्शन गर्ला भन्ने प्रतीक्षा नेपाली समर्थकहरुले गरिरहेका छन्। शुक्रबार पहिलो एकदिवसीय खेल्न दुवै टिम मैदान उत्रनु अघि युएईको लागि हारको कारण हुन सक्ने ४ नेपाली खेलाडीहरुको चर्चा यो लेखमा गरेका छौँ।

पारस खड्का 

नेपाली टिमका कप्तान पारस खड्का नेपाली ब्याटिंगमा सबैभन्दा भरपर्दा र आफुलाई प्रमाणित गरेका ब्याट्सम्यान हुन्। वर्ष २०१८ मा नेपालको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने क्रममा पारस एक्लैले नेपालको ब्याटिंग धानेका थिए। युएईसंग ब्याटिंग लाइन अप परिवर्तन गर्दै ओपनिङ्ग ब्याटिंगमा पनि आउन सक्ने संकेत पारसले गरेका छन् जसले नेपालको फ्लप ओपनिङ्ग ब्याटिंगको शिलशिला अन्त्य हुने बिश्वास गरिएको छ।

युएईसंग गत वर्ष डिभिजन-२ को फाइनलमा शतक बनाएर वर्ष भर शतक प्रहार गर्ने एक मात्र नेपाली ब्याट्सम्यान बनेका पारसको महत्व नेपाली समर्थकहरुलाई याद दिलाउन जरुरि छैन। प्राकृतिक रुपमा बलरलाई डोमीनेट गरेर खेल्ने शैली तथा कुनै पनि मुस्किल परिस्थितिबाट टिमलाई उकास्न सक्ने पारस युएई टिमको लागि सबैभन्दा खतरनाक हुन सक्ने खेलाडी हुन्।

Paras Khadka
Paras Khadka

नेपालको लागि गत वर्ष राम्रो प्रदर्शन गरे पनि २०१८ को अगस्टको एसिया कप छनौट, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा पारसको ब्याट नचल्नु पक्कै चिन्ताको बिषय हो। पछिल्लो १० खेलमा पारसले एउटा मात्र अर्धशतक बनाउन सकेका छन् जुन पोखरा प्रिमियर लिगको फाइनलमा बनाएका थिए। त्यसपछि एभरेस्ट प्रिमियर लिगमा कमजोर प्रदर्शन गरेका पारसले ५ खेलमा ५० रन मात्रै बनाएका थिए।

पारसको वर्तमान फर्म नेपालको लागि चिन्ता भए पनि उनि जुन सुकै बेला फर्ममा आउन सक्ने खेलाडी हुन्। पारसको ब्याट चल्नुमा नेपाली टिमको सफलता पनि धेरै हद निर्भर गर्नेछ। ब्याटिंग मात्रै हैन बलिङ्गमा पनि खेलको नतिजा पल्टाउन सक्ने खड्का युएईको टाउको दुखाई बन्न सक्नेछन्।

सन्दिप लामिछाने 

सन्दिपको नामनै काफी छ। सन्दिपले गत वर्ष नेपाली क्रिकेट टिम र विभिन्न विदेशी लिगमा गरेको प्रदर्शन मात्रै हैन सन्दिपको नाम मात्रै युएईको लागि खतराको घन्टी हो। पारस खड्कालाई नेपाली ब्याटिंगको खम्बा मानिएझैं सन्दिप लामिछानेले नेपाली बलिङ्गको नेतृत्व गर्नेछन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

लेग स्पिन र तिब्री गतिको गुग्लि खेल्न बिश्वकै धुरन्धर ब्याट्सम्यानहरुले पसिना चुहाईरहेको अवस्थामा युएई ब्याट्सम्यानलाई पक्कै राम्रो निन्द्रा लाग्ने छैन। युएई बिरुद्धको सन्दिपको रेकर्डले पनि त्यही बोल्छ। युएईसंग सन्दिपले ६ खेलमा कुल १० विकेट लिएका छन् जुन क्रममा २०१८ अगस्टको एसिया कप छनौटमा उनि एक्लैले युएईको ४ जना ब्याट्सम्यानको विकेट लिएका थिए। यस्तै गत वर्ष बिश्व क्रिकेट लिग डिभिजन-२ को खेलमा पनि युएई नेपालसंग पराजित हुँदा नेपाली गुग्लि ब्वाईले ३ विकेट लिंदै ब्याटिंग लाइन-अप तहस-नहस पारेका थिए।

आईपीएल, सिपिएल,एपिएल देखि बिग ब्यास र बिपिएल खेलीसकेका अनुभवी सन्दिपको प्रदर्शनले सिरिजमा नेपालको सफलतामा ठुलो भूमिका निर्वाह गर्नेमा कुनै संका छैन। सन्दिपले गर्ने १० ओभरमा युएई ब्याट्सम्यानहरुले चैनको स्वास पक्कै लिने छैनन्।

सोमपाल कामी

सन् २०१४ देखि नेपाली तिब्र गति बलिङ्गको नेतृत्व सम्हालीरहेका सोमपाल त्यतिमै सिमित छैनन्। ब्याटिंग मार्फत पनि सोमपालले नेपाललाई जित दिलाउने क्षमता राख्ने गर्छन्। वर्ष २०१८ मा सोमपालले तल्लो क्रममा ब्याटिंग गरेर पनि धेरै रन बनाउने सुचीमा पाँचौ स्थानमा थिए भने ब्याटिंग एभरेजको कुरा गर्दा ( २४.२७ ) दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, रोहित पौडेल , शरद भेसावकर भन्दा अघि थिए।

Sompal Kami
Sompal Kami

युएईसंग बिरुद्धको बलिङ्गको कुरा गर्ने हो भने पनि सोमपालको प्रदर्शन निकै राम्रो रहेको छ। युएईसंग खेलेको कुल १० खेलमा उनले १६ विकेट लिएका छन्। सन् २०१७ को युएईमा सम्पन्न बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा सोमपालले करियरकै उत्कृस्ट बलिङ्ग गर्ने क्रममा ५ विकेट ( १०-१-२७-५ ) लिएका थिए। यस्तै गत वर्ष बिश्व क्रिकेट लिग डिभिजन-२ को खेलमा समेत उनले युएईलाई पराजित गर्ने क्रममा ४ विकेट लिएका थिए।

एभरेस्ट प्रिमियर लिगको दौरान घाइते भएर खेलहरु गुमाउनु परे पनि त्यसपछि पुनः फिट हुँदै राष्ट्रिय टिममा स्थान बनाएका सोमपालको स्विङ्ग र स्पिड एकातर्फ छ भने ब्याटिंगमा समेत युएई टिम चनाखो रहनुपर्नेछ नत्र गुल्मी एक्सप्रेस एक्लले खेलको नतिजा परिवर्तन गर्न सक्छन्।

दिपेन्द्र ऐरि 

निडर ब्याट्सम्यान र सिङ्गल-डबल आरामले लिन सक्ने ऐरिले पछिल्लो समय नेपाली ब्याटिंग लाइन-अपमा बिश्वास गर्न योग्य ब्याट्सम्यानको परिचय बनाएका छन्। नम्बर-४ मा ब्याटिंग, अफ-स्पिन बलिङ्ग र चुस्त गर्दै सबै क्षेत्रमा योगदान दिन सक्ने ऐरि माथि शरद भेसावकरको अनुपस्थितिमा नेपालको मध्यक्रम सम्हाल्ने ठुलो जिम्मेवारी रहेको छ।

वर्ष २०१८ मा पारस खड्का पछि नेपाली टिमको लागि सबैभन्दा धेरै रन ( २१ इनिंगमा ४६२ रन ) बनाएका ऐरिसंग नेपाली फ्यानहरुले त्यो भन्दा निकै राम्रो प्रदर्शनको अपेक्षा गरेका छन्। एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग जस्ता घरेलु प्रतियोगितामा बिदेशी खेलाडीहरुको अघि नेपाली ब्याट्सम्यानहरुको ब्याटिंग फितलो देखिंदा ऐरिले नेपाली खेलाडीको लाज ढाक्ने क्रममा लगातार राम्रो प्रदर्शन गरिरहेका छन्।

Dipendra Airee
Dipendra Airee

युएई बिरुद्धको रेकर्ड हेर्ने हो भने पनि दिपेन्द्रले कुल ४ वटा खेलमा कुल १२० रन बनाएका छन्। गत वर्ष अगस्टमा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा नेपाल युएईसंग पराजित हुँदा ४० रन बनाएका उनले त्यस अघि एकदिवसीय बिश्व कप छनौट ( जिम्बाबे ) को अभ्यास खेलमा पनि ४१ रन बनाएका थिए। यस्तै बिश्व क्रिकेट लिग डिभिजन-२ २०१८ को फाइनलमा उनले ३५ रन बनाएका थिए।

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन एकातर्फ छ भने ऐरिले आफुलाई पारस खड्काको स्तरको खेलाडी सावित गर्न पनि सिरिजमा नेपालको ब्याटिंगको आधार बन्नुपर्नेछ। युएई क्रिकेट टिमले पनि ऐरिलाई पक्कै कमजोर आँकेको छैन।

नेपाली टिम : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

खेल तालिका र समय : सिरिज अन्तर्गत नेपाल र युएईले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ।

( फोटोहरु – रमन शिवाकोटी )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]