विस्फोटक हंगकंग ब्याट्सम्यान बाबर हायात डिपीएल खेल्ने पक्का

  • विकेटनेपाल, माघ-१३ आइतबार 

हंगकंग राष्ट्रिय क्रिकेटर तथा पुर्व कप्तान बाबर हायातले धनगढी प्रिमियर लिग ( डिपीएल ) खेल्ने पक्का भएको छ।

धनगढी प्रिमियर लिग यही माघ २६ गते देखि धनगढीमा सुरु हुँदैछ जसमा ६ टोलिको सहभागिता रहनेछ। प्रतियोगितालाई यसै हफ्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मान्यता दिएपछि सहभागी टिमहरुले बिदेशी खेलाडीको नाम घोषणा गरेका हुन्।

डिपिएलमा सहभागी प्रत्येक टिमले २ जना खेलाडीहरु अन्तिम-११ मा राख्नैपर्ने नियम रहेको छ।

रुपन्देही च्यालेन्जर्सले घोषणा गर्यो २ बिदेशी खेलाडी 

हंगकंग क्रिकेटर तथा नेपाली घरेलु क्रिकेटमा तहल्का मचाईसकेका बाबर हायात यो सिजन डिपीएलमा रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन्। यस्तै पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर तथा बंगलादेश प्रिमियर लिगको अनुभव बटुलीसकेका राजा अलि डरलाई पनि रुपन्देहीले टिममा अनुबन्ध गरेको छ।

धनगढी प्रिमियर लिग आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै खेलाडीहरुको घोषणा गरेको हो।

रुपन्देहीमा यो सिजन बसन्त रेग्मी रणनीतिक खेलाडी रहेका छन्। अक्सनबाट टिमले बिनोद भण्डारी, ललित भण्डारी, भिम शार्की, प्रदिप ऐरि, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ललाई किनेको थियो। 

बाबर हायात 

२७ वर्षीय दायाँ हाते विस्फोटक ब्याट्सम्यान गत सिजन बाबर हायातले डिपीएल पारस खड्का कप्तान रहेको टिम बिराटनगर किंग्सबाट खेलेका थिए। किंग्स प्ले-अफ चरण प्रवेश गर्न असफल रहे पनि हायातले ५ खेलमा कुल १८६ रन बनाउने क्रममा आक्रामक ब्याटिंग गरेका थिए। त्यस क्रममा उनले काठमाडौँ गोल्डेन्ससंग ३३ बलमा ६७ तथा रुपन्देही बिरुद्ध ३५ बलमा ५८ रनको आक्रामक इनिंग खेलेका थिए।

Babar Hayat
Babar Hayat

यस्तै गत वर्ष डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा हायातले चितवन टाइगर्स बिरुद्ध ९० रन बनाउने क्रममा ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए। ईपिएलको २०१७ को सिजनमा हायातनै प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिएका थिए जुन क्रममा उनले ७ खेलमा ३१३ रन बनाएका थिए।

हंगकंग राष्ट्रिय टिमको लागि कप्तानी समेत गरेका उनले राष्ट्रिय टिमको लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। हायातले एकदिवसीयमा ३९ माथिको औशतले ७८४ रन बनाएका छन् भने टि-२० मा २७ को औशतले ५४१ रन बनाएका छन्। टि-२० अन्तर्राष्ट्रियमा एउटा शतक उनको नाम रहेको छ।

राजा अलि डर 

३१ वर्षीय देब्रे हाते ब्याट्सम्यान तथा स्पिनर राजा अलि डर बंग्लादेश प्रिमियर लिगमा गत सिजन राजशाही किंग्सको लागि छनौट भएका थिए। पाकिस्तानको १५ वर्ष मुनि राष्ट्रिय टिमको लागि समेत खेलेका राजाले ढाका प्रिमियर लिग समेत खेलीसकेका छन्। गत वर्ष डिसेम्बरमा सम्पन्न पाकिस्तानको नेसनल टि-२० कपमा राजा लाहोर ब्लुजको लागि खेलेका थिए।

६९ प्रथम श्रेणी खेलमा राजाले २७.७४ को औशतले २९९६ रन बनाएका छन् भने १९ विकेट लिएका छन्। यस्तै ६२ लिस्ट एमा ३८.३६ को औशतले उनले १६८८ रन बनाएका छन् भने ६० विकेट लिएका छन्। यस्तै टि-२० मा ४५ खेल खेल्दा उनले १८.७३ को औशतले ४८७ रन बनाएका छन् भने २८ विकेट लिएका छन्।

रुपन्देही च्यालेन्जर्सका टिम मालिक सुरज उप्रेतीले यो पटक आफ्नो टिमले धनगढी प्रिमियर लिग जित्ने दाबि गरेका छन् – “अक्सनबाट पनि हामीले राम्रो खेलाडीहरु टिममा भित्र्याएका छौँ। टिममा अझ सन्तुलन ल्याउन बाबर र राजालाई अनुबन्ध गरेका हौँ। यो पटक उपाधि जित्ने लक्ष्यका साथ टिम बनाएका छौ”

टिम र रणनीतिक खेलाडीहरु – 

धनगढी स्टार्स – सोमपाल कामि , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर
बिराटनगर किंग्स –करन केसी , रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी
काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]