डिपीएल टिम बिराटनगर किङ्ग्सद्वारा २ विदेशी खेलाडी घोषणा

  • विकेटनेपाल, माघ-१५ , मङ्गलबार 

रुस्लान धनगढी प्रिमियर लिगको टिम बिराटनगर किङ्ग्सले आफ्ना २ विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ।

धनगढी प्रिमियर लिगको तेश्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

भारतीयका २ प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलीसकेका छन्।

डिपिएलमा सहभागी प्रत्येक टिमले २ जना खेलाडीहरु अन्तिम-११ मा राख्नैपर्ने नियम रहेको छ।

अभिनाश यादबले देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।

बिराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करन केसी रहेका छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारि, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर रहेका छन्।

यस अघि डिपिएलको अर्को टिम रुपन्देही च्यालेन्जर्सले पनि आफ्ना २ जना विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ। हंगकंग राष्ट्रिय टिमका कप्तान रहीसकेका बाबर हायात र पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर तथा बंगलादेश प्रिमियर लिगको अनुभव बटुलीसकेका राजा अलि डरलाई पनि रुपन्देहीले टिममा अनुबन्ध गरेको छ।

डीपीएल लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]