डिपीएल टिम बिराटनगर किङ्ग्सद्वारा २ विदेशी खेलाडी घोषणा

  • विकेटनेपाल, माघ-१५ , मङ्गलबार 

रुस्लान धनगढी प्रिमियर लिगको टिम बिराटनगर किङ्ग्सले आफ्ना २ विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ।

धनगढी प्रिमियर लिगको तेश्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

भारतीयका २ प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलीसकेका छन्।

डिपिएलमा सहभागी प्रत्येक टिमले २ जना खेलाडीहरु अन्तिम-११ मा राख्नैपर्ने नियम रहेको छ।

अभिनाश यादबले देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।

बिराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करन केसी रहेका छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारि, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर रहेका छन्।

यस अघि डिपिएलको अर्को टिम रुपन्देही च्यालेन्जर्सले पनि आफ्ना २ जना विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ। हंगकंग राष्ट्रिय टिमका कप्तान रहीसकेका बाबर हायात र पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर तथा बंगलादेश प्रिमियर लिगको अनुभव बटुलीसकेका राजा अलि डरलाई पनि रुपन्देहीले टिममा अनुबन्ध गरेको छ।

डीपीएल लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy