नेत्रहीन महिला क्रिकेट: पाकिस्तान-नेपाल सिरिजको दोश्रो खेल बर्षाले रद्द

(फिचर फोटो: पाकिस्तानमा आयोजित एक खेलकुद महोत्सब उद्घाटन गर्दै कप्तानद्वय)

  • विकेटनेपाल, माघ १७ – बिहिबार

नेपाल र पाकिस्तानबीच पाकिस्तानमा जारि नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गतको दोश्रो खेल बर्षाले रद्द भएको छ। ५ टि २० खेल सम्मिलित सिरिजमा नेपालले पहिलो खेल १० विकेटको भारी अन्तरले जितेपछि सिरिजमा १-० को अग्रता लिएको छ। यो सिरिज नेत्रहीन महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो।

फैसलावादस्थित एकवाल स्टेडियममा हुने तय भएको सिरिजको दोश्रो खेलमा निरन्तर बर्षा भएपछी खेल हुन सकेन। खेल संचालन गर्न कोसिस गरिएपनि निरन्तर बर्षा भएपछी मैदान खेल्न योग्य नभएकोले अम्पायर र म्याच रेफ्रीले स्थानिय समयअनुसार साढे ११ बजे स्टेडियमको निरिक्षण गरेपछि खेल रद्ध गर्ने निर्णय गरेका हुन्।

आजको दिनमा पाकिस्तानका अन्य शहरमा पनि निरन्तर वर्षा भईरहेको छ। सिरिज अन्तर्गत तेस्रो खेल फैसलावादमै शुक्रवार हुनेछ। त्यसपछि नेपाली टोली शनिवार इस्लामावाद जानेछ। इस्लामावादमा आइतवार र सोमवार चौथो र पाँचौ खेल हुनेछन्।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]