नेत्रहीन महिला क्रिकेट: पाकिस्तान-नेपाल सिरिजको दोश्रो खेल बर्षाले रद्द

(फिचर फोटो: पाकिस्तानमा आयोजित एक खेलकुद महोत्सब उद्घाटन गर्दै कप्तानद्वय)

  • विकेटनेपाल, माघ १७ – बिहिबार

नेपाल र पाकिस्तानबीच पाकिस्तानमा जारि नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गतको दोश्रो खेल बर्षाले रद्द भएको छ। ५ टि २० खेल सम्मिलित सिरिजमा नेपालले पहिलो खेल १० विकेटको भारी अन्तरले जितेपछि सिरिजमा १-० को अग्रता लिएको छ। यो सिरिज नेत्रहीन महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो।

फैसलावादस्थित एकवाल स्टेडियममा हुने तय भएको सिरिजको दोश्रो खेलमा निरन्तर बर्षा भएपछी खेल हुन सकेन। खेल संचालन गर्न कोसिस गरिएपनि निरन्तर बर्षा भएपछी मैदान खेल्न योग्य नभएकोले अम्पायर र म्याच रेफ्रीले स्थानिय समयअनुसार साढे ११ बजे स्टेडियमको निरिक्षण गरेपछि खेल रद्ध गर्ने निर्णय गरेका हुन्।

आजको दिनमा पाकिस्तानका अन्य शहरमा पनि निरन्तर वर्षा भईरहेको छ। सिरिज अन्तर्गत तेस्रो खेल फैसलावादमै शुक्रवार हुनेछ। त्यसपछि नेपाली टोली शनिवार इस्लामावाद जानेछ। इस्लामावादमा आइतवार र सोमवार चौथो र पाँचौ खेल हुनेछन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy