नेत्रहीन महिला क्रिकेट : पाकिस्तानविरुद्ध नेपालको १० विकेटको जित

नेपाल र पाकिस्तानबीच भइरहेको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत तेस्रो टी-२० मा नेपालले १० विकेटको जित दर्ता गरेको छ। जितसँगै नेपालले ५ खेलको सिरिजमा २-० ले अग्रता बनाएको छ।

पाकिस्तानको रावलपिन्डीस्थित भिएनसी कलेज ग्राउन्डमा सम्पन्न खेलमा पाकिस्तानले टस जित्दै ब्याटिङ रोजेको थियो। २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाउँदै पाकिस्तानले १ सय २ रनको योगफल बनायो।

१ सय ३ रनको लक्ष्य लिएको नेपालले ७.३ ओभरमा विना कुनै विकेट नोक्सानी लक्ष्य पूरा गर्यो।। मनकेसी चौधरीले सर्वाधिक ५८ रन जोडिन्।

मनकेसी महिला अन्तर्राष्ट्रिय ब्लाइन्ड क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेकी छिन्। २५ बल खलेकी उनले १० चौका प्रहर गरेकी थिइन्। त्यस्तै विनिता पुनले ३४ रन बनाइन्। ५ चौका प्रहार गरेकी उनले २४ बल सामना गरेकी थिइन्।

पाकिस्तानका ओपनर तैयवा फातिमाले २७ रन जोडिन्। क्याप्टेन भगवती भट्टराई र मुना अर्यालले एक/एक विकेट लिए।

( समाचार श्रोत – पहिलोपोस्ट )





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]