नेत्रहीन महिला क्रिकेट : पाकिस्तानविरुद्ध नेपालको १० विकेटको जित

नेपाल र पाकिस्तानबीच भइरहेको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत तेस्रो टी-२० मा नेपालले १० विकेटको जित दर्ता गरेको छ। जितसँगै नेपालले ५ खेलको सिरिजमा २-० ले अग्रता बनाएको छ।

पाकिस्तानको रावलपिन्डीस्थित भिएनसी कलेज ग्राउन्डमा सम्पन्न खेलमा पाकिस्तानले टस जित्दै ब्याटिङ रोजेको थियो। २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाउँदै पाकिस्तानले १ सय २ रनको योगफल बनायो।

१ सय ३ रनको लक्ष्य लिएको नेपालले ७.३ ओभरमा विना कुनै विकेट नोक्सानी लक्ष्य पूरा गर्यो।। मनकेसी चौधरीले सर्वाधिक ५८ रन जोडिन्।

मनकेसी महिला अन्तर्राष्ट्रिय ब्लाइन्ड क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेकी छिन्। २५ बल खलेकी उनले १० चौका प्रहर गरेकी थिइन्। त्यस्तै विनिता पुनले ३४ रन बनाइन्। ५ चौका प्रहार गरेकी उनले २४ बल सामना गरेकी थिइन्।

पाकिस्तानका ओपनर तैयवा फातिमाले २७ रन जोडिन्। क्याप्टेन भगवती भट्टराई र मुना अर्यालले एक/एक विकेट लिए।

( समाचार श्रोत – पहिलोपोस्ट )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy