नेपाली टिम भोलि स्वदेश फर्कने, टिमसंग सन्दिप नेपाल नआउने

Nepal Cricket Team
  • विकेटनेपाल, माघ २० , आइतबार 

इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज जितेको नेपाली क्रिकेट टिम ऐतिहासिक उपाधि बोकेर सोमबार नेपाल फर्किने भएको छ।

नेपालले तेश्रो टि-२० मा युएईलाई १४ रनले पराजित गर्दै टि-२० सिरिज २-१ ले जित्न सफल रह्यो। यो संगै नेपालले युएईलाई ३ वटा एकदिवसीय र ३ वटै टि-२० अन्तर्राष्ट्रियको सिरिजमा २-१ ले पराजित गर्यो। दुवै सिरिजको पहिलो खेलमा पराजित भएपछि नेपालले लगातार २ खेल जित्दै सिरिज जित्न सफल भएको थियो।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार नेपाली टिम सोमबार दिउसो फ्लाई दुबई बिमानबाट ३:२० बजे दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

सन्दिप लामिछाने टिमसंग नआउने 

बंगलादेश प्रिमियर लिग बिचैमा छोडेर नेपाली राष्ट्रिय टिमको लागि खेल्न युएई पुगेका सन्दिप लामिछाने टिमसंग नेपाल फर्कने छैनन्। सन्दिप सोमबार युएईबाट सिधै अस्ट्रेलिया उड्ने कार्यक्रम रहेको ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।

सन्दिप सोमबार बिग ब्यास लिगको लागि ब्रिसबेन जानेछन्। बिग ब्यासमा सन्दिपको टिम मेलबर्न स्टार्सले फेब्रुअरी ८ तारिक शुक्रबार ब्रिसबेन हिटसंग खेल्दैछ। यस्तै फेब्रुअरी १० तारिकमा मेलबर्नले सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ।

लिगको अंक तालिकामा मेलबर्न स्टार्स चौथो स्थानमा रहेको छ जसले १२ खेलमा समान ६/६ जित/हार बेहोरेको छ र १२ अंक बटुलेको छ। अंकतालिकामा उत्कृस्ट ४ भित्र पर्न मेलबर्नको लागि अन्तिम २ खेलमा जित महत्वपूर्ण रहेको छ।

बंगलादेश प्रिमियर लिगमा भने सन्दिपको टिम सिल्हेट सिक्सर्स प्लेअफ चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ। सिल्हेटले लिग चरणको सम्पूर्ण १२ खेल खेल्दा ५ खेलमा जित र ७ खेलमा हार बेहोर्यो जसपछि १० अंकका साथ अंकतालिकामा छैठौं स्थानमा रह्यो।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae )

बंगलादेश प्रिमियर लिगमा सन्दिपले ६ खेल खेल्दा ४ विकेट लिएका थिए भने त्यस अघि बिग ब्यास लिगमा ४ खेल खेल्दा ८ विकेट लिएका थिए।

बिग ब्यास लिग पछि सन्दिप फेब्रुअरी १४ देखि सुरु हुने पाकिस्तान सुपर लिग खेल्न पुग्नेछन् जहाँ उनि मोहम्मद हफिज कप्तानीको लाहोर कलन्दर्सबाट खेल्नेछन्। लाहोरमा एबी डी भिल्लिएर्स, ब्रेण्डन टेलर, फखार जमान, कार्लोस ब्राथवेट, मोहम्मद इरफान, यासिर शाह जस्ता खेलाडीहरु रहेका छन्।

पाकिस्तान सुपर लिग पछि सन्दिप मार्च २३ देखि भारतमा सुरु हुने इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटलको लागि खेल्न पुग्नेछन्।

( फिचर फोटो – द नेसनल युएई )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]