यस्तो देखियो डिपीएल सुरु हुनु अघि फाप्ला क्रिकेट मैदान (फोटो फिचर)

२०७५ माघ २७, आईतवार २१:३२

धनगढी, माघ २७ – माघ २८  गते सोमबार देखि धनगढीमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।

प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको छ। प्रतियोगिता पहिलोपल्ट धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ। फाप्ला क्रिकेट मैदान त्यहि मैदान हो जसलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर ड्रिम फाप्ला अभियान अगाडी बढाईएको छ।

यसअघि सन् २०१४ मा एकदिवसीय नेपाल प्रिमियर लिग प्रतियोगिता आयोजना भएको फाप्ला मैदानमा आइसीसी मान्यता प्राप्त प्रतियोगिता फर्किएको छ। प्रतियोगिताको पहिलो र दोश्रो संस्करण सेती अन्चल प्रहरी कार्यालयको मैदानमा आयोजना भएको थियो।

भोलिहुने प्रतियोगिताको उद्घाटन खेलमा सोमपाल कामिको कप्तानीमा रहेको घरेलु टिम धनगढी स्टार्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सको सामना गर्नेछ।

प्रतियोगिताको अघिल्लो दिन फाप्ला मैदान यस्तो देखियो ( फोटो फिचर)

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy