डिपिएल-३: बिराटनगरद्वारा रुपन्देहीलाई ९४ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) ३ क्रिकेटको दोश्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्स बिरुद्द ९ विकेटको क्षतिमा ९३ रन बनाएको छ। रुपन्देहीले यसअघि नै हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको थियो। बिराटनगरको भने यो पहिलो खेल हो।

फाप्ला मैदानमा जारि खेलमा बिराटनगर किंग्सले मात्र १३ रनमा दुवै ओपनर गुमायो। हरिशंकर शाह डकआउट हुँदा आसिफ शेख ८ बलमा ८ रन बनाएर आउट भए।

त्यसपछि बिदेशी खेलाडी असाद पठान १६ रन, पृथु बास्कोटा ४ रन, सुवास ऐर ९ रन, संसाद शेख १० रन, कुशल भुर्तेल १२ रन, अभिनास यादव ७ रन र करण केसी २ रन बनाएर आउट भए।

सुबास ऐर

सुबास ऐर प्रतियोगिता कै सबैभन्दा कान्छा खेलाडी हुन्। १५ बर्षीय उनले ट्यालेन्ट हन्ट मार्फत विराटनगरको टिममा स्थान बनाएका थिए।

८० रनमा नबौ विकेट गुमाएको बिराटनगरका राजेश पुलामीले अन्तिम ओभरमा १२ रन बटुले। उनले ललित भण्डारीको पहिलो बलमा छक्का तथा अन्तिम ३ बलमा प्रत्येक बलमा २ रन दौडिए। पुलामी अविजित १७ रन (१४ बल, १ छक्का) मा रहे। सुशान भारीले २ बलको सामना गरे।

राजेश पुलामी

बलिंगतर्फ पुनित मेहराले ३ विकेट लिन ४ ओभरमा २० रन खर्चिए। बसन्त रेग्मी र ललित भण्डारीले समान २/२ विकेट हात पारे। बिक्रम सोभ र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]