डिपिएल-३: बिराटनगरद्वारा रुपन्देहीलाई ९४ रनको लक्ष्य

२०७५ माघ २९, मंगलवार १४:५१

धनगढी प्रिमियर लिग (डिपिएल) ३ क्रिकेटको दोश्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्स बिरुद्द ९ विकेटको क्षतिमा ९३ रन बनाएको छ। रुपन्देहीले यसअघि नै हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको थियो। बिराटनगरको भने यो पहिलो खेल हो।

फाप्ला मैदानमा जारि खेलमा बिराटनगर किंग्सले मात्र १३ रनमा दुवै ओपनर गुमायो। हरिशंकर शाह डकआउट हुँदा आसिफ शेख ८ बलमा ८ रन बनाएर आउट भए।

त्यसपछि बिदेशी खेलाडी असाद पठान १६ रन, पृथु बास्कोटा ४ रन, सुवास ऐर ९ रन, संसाद शेख १० रन, कुशल भुर्तेल १२ रन, अभिनास यादव ७ रन र करण केसी २ रन बनाएर आउट भए।

सुबास ऐर

सुबास ऐर प्रतियोगिता कै सबैभन्दा कान्छा खेलाडी हुन्। १५ बर्षीय उनले ट्यालेन्ट हन्ट मार्फत विराटनगरको टिममा स्थान बनाएका थिए।

८० रनमा नबौ विकेट गुमाएको बिराटनगरका राजेश पुलामीले अन्तिम ओभरमा १२ रन बटुले। उनले ललित भण्डारीको पहिलो बलमा छक्का तथा अन्तिम ३ बलमा प्रत्येक बलमा २ रन दौडिए। पुलामी अविजित १७ रन (१४ बल, १ छक्का) मा रहे। सुशान भारीले २ बलको सामना गरे।

राजेश पुलामी

बलिंगतर्फ पुनित मेहराले ३ विकेट लिन ४ ओभरमा २० रन खर्चिए। बसन्त रेग्मी र ललित भण्डारीले समान २/२ विकेट हात पारे। बिक्रम सोभ र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy