डिपिएल-३: बिराटनगर किंग्सका खेलाडीलाई कारबाही

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत बिराटनगर किंग्सका बिदेशी खेलाडी असदउल्लाह खान जरिवानामा परेका छन्।

प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सको सामना गरेको थियो। उक्त खेलमा अम्पाएरसँग बिबाद गरेपछी उनलाई कारबाही गरिएको हो। उनलाई आफ्नो ‘म्याच फि’ को शतप्रतिशत जरिवाना तोकिएको छ।

खेलको क्रममा मैदानमा रहेका अम्पाएरको निर्णयको बिरुद्दमा धेरैबेर सम्म बिरोध गर्दै झगडालाई बढाएको भन्दै अम्पाएरले म्याच रेफ्री समिर खानलाई जानकारी गराएको प्रेस बक्तब्यमा उल्लेख छ।

अम्पाएरले असदउल्लाह खानलाई सम्झाउँदै

खेलाडी असदउल्लाह खानले आफ्नो गल्ति स्वीकार गरेसंगै जरिवाना पनि स्वीकार गरिएसकेका छन्।

अम्पाएरसँगको बिबाद टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखिएन भने मैदानमा समेत अनुभव गर्न सकिएन। प्रेस बक्तब्यमा पनि कुन समयमा के, कसरि बिबाद भएको हो जनाईएको छैन। तर म्याच सकिएपछी अम्पाएरले सम्झाउँदै गरेको दृश्य भने विकेटनेपालको क्यामेरामा कैद भएको छ।

उनले प्रतियोगिता खेलेबापत पाउने सम्पूर्ण रकमलाई खेल्ने खेलले भाग गरि प्रत्येक खेलको म्याच फि निकालिन्छ। यधपी उनले पाउने रकम भने खुलाईएको छैन।

उनले यसअघि सन् २०११ मा आइपिएल टिम रोयल च्यालेन्जर्स बैंगलोरको लागि समेत खेल्ने मौका पाएका थिए।

खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगरले निर्धारित समयमा ९ विकेट गुमाएर ९३ रन बनाएपछि रुपन्देहीले मात्र १३.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

असाद उल्लाह खान पठानले १२ बलको सामना गर्दै २ छक्का सहित १६ रन बनाएका थिए। उनि भिम सार्कीको उत्कृस्ट क्याचमा भुवन कार्कीको बलमा आउट भएका थिए। बलिंगतर्फ पनि १ ओभरमा ३ रन खर्चेका थिए।





थप समाचार

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]