डिपिएल-३: जोन्टी रोड्सद्वारा भिम शार्कीको प्रशंसा

(फिचर फोटो: फाइल)

धनगढी, माघ २९ – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सका भिम शार्कीले एक उत्कृस्ट क्याच लिए। उक्त क्याचपछि उनले सबै तिर चर्चा बटुलेका छन्।

विराटनगर किंग्सका खेलाडी असाद उल्लाह खान पठानले ४.४ ओभरमा प्रहार गरेको बलले उचाई लिएपछि ‘डिप मिड विकेट’ मा रहेका शार्कीले अगाडी दौडिएर डाइभ हान्दै क्याच लिएका थिए। उक्त फिल्डिंगको नमुनालाई दक्षिण अफ्रिकाका चर्चित पुर्व क्रिकेटर जोन्टी रोड्सको फिल्डिंग गर्ने कलासँग समेत तुलना गरिएको छ। भिम शार्की पहिले देखि नै उत्कृस्ट फिल्डिंग प्रदर्शन गर्ने भएकोले उनै दक्षिण अफ्रिकी रोड्सको नाम ‘जोन्टी’ उपनामले समेत चिन्ने गरिन्छ।

क्याच लिएपछि खुसियालीमा उफ्रदै भिम

आजको बिराटनगर किंग्स बिरुद्दको खेलमा भिम सार्कीले उक्त क्याच लिएपछि धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको सद्भावना दुत रहेका जोन्टीले सामाजिक संजालमार्फत क्याचको तारिफ गरे।

‘रोड्सले यो क्याच हेरेपछि शार्कीमाथि गौरव गर्नेछन्’ भनेर डिपिएलको आधिकारिक एकाउन्टले ट्विटरमा गरेको पोस्टमा जोन्टीले यस्तो प्रतिक्रिया दिए : “क्याच मात्र होइन, त्यो गतिमा पूर्ण रुपमा अगाडी डाइभ हान्नु अनि हानिसकेपछी बालुवामा बज्रिनु” तारिफ योग्य रहेको जनाए। संगै क्याचले खेल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत लेखेका छन्।


भिम शार्कीको प्रसंशा

उक्त क्याचको तारिफमा आयरल्याण्डका क्रिकेटर केभिन ओ’ब्रायनले प्रतियोगितामा अन्य कसैलेपनि यो क्याचलाई हराउन नसक्ने जनाएका छन्। उनले लेखेका छन्, “उत्कृस्ट क्याच ! डिपिएलमा यो क्याचलाई कसैले हराउने छैनन्”।

यस्तै अहिले प्रतियोगितामा धनगढी स्टार्सबाट खलिरहेका रोहन मुस्तफाले भिमलाई चराको उपमा दिएका छन्।


यस्तै क्रिकइन्फोका पत्रकार पिटर डेला पेन्नाले बालुवा थुप्रोमा डाइभ हानेको प्रशंसा गर्दै रसियन निर्णायकहरुले समेत पूर्ण  अंक प्रदान गर्ने लेखेका छन्। रसियन निर्णायकहरु कन्जुस मानिन्छन।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]