डिपिएल-३: जोन्टी रोड्सद्वारा भिम शार्कीको प्रशंसा

(फिचर फोटो: फाइल)

धनगढी, माघ २९ – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सका भिम शार्कीले एक उत्कृस्ट क्याच लिए। उक्त क्याचपछि उनले सबै तिर चर्चा बटुलेका छन्।

विराटनगर किंग्सका खेलाडी असाद उल्लाह खान पठानले ४.४ ओभरमा प्रहार गरेको बलले उचाई लिएपछि ‘डिप मिड विकेट’ मा रहेका शार्कीले अगाडी दौडिएर डाइभ हान्दै क्याच लिएका थिए। उक्त फिल्डिंगको नमुनालाई दक्षिण अफ्रिकाका चर्चित पुर्व क्रिकेटर जोन्टी रोड्सको फिल्डिंग गर्ने कलासँग समेत तुलना गरिएको छ। भिम शार्की पहिले देखि नै उत्कृस्ट फिल्डिंग प्रदर्शन गर्ने भएकोले उनै दक्षिण अफ्रिकी रोड्सको नाम ‘जोन्टी’ उपनामले समेत चिन्ने गरिन्छ।

क्याच लिएपछि खुसियालीमा उफ्रदै भिम

आजको बिराटनगर किंग्स बिरुद्दको खेलमा भिम सार्कीले उक्त क्याच लिएपछि धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको सद्भावना दुत रहेका जोन्टीले सामाजिक संजालमार्फत क्याचको तारिफ गरे।

‘रोड्सले यो क्याच हेरेपछि शार्कीमाथि गौरव गर्नेछन्’ भनेर डिपिएलको आधिकारिक एकाउन्टले ट्विटरमा गरेको पोस्टमा जोन्टीले यस्तो प्रतिक्रिया दिए : “क्याच मात्र होइन, त्यो गतिमा पूर्ण रुपमा अगाडी डाइभ हान्नु अनि हानिसकेपछी बालुवामा बज्रिनु” तारिफ योग्य रहेको जनाए। संगै क्याचले खेल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत लेखेका छन्।


भिम शार्कीको प्रसंशा

उक्त क्याचको तारिफमा आयरल्याण्डका क्रिकेटर केभिन ओ’ब्रायनले प्रतियोगितामा अन्य कसैलेपनि यो क्याचलाई हराउन नसक्ने जनाएका छन्। उनले लेखेका छन्, “उत्कृस्ट क्याच ! डिपिएलमा यो क्याचलाई कसैले हराउने छैनन्”।

यस्तै अहिले प्रतियोगितामा धनगढी स्टार्सबाट खलिरहेका रोहन मुस्तफाले भिमलाई चराको उपमा दिएका छन्।


यस्तै क्रिकइन्फोका पत्रकार पिटर डेला पेन्नाले बालुवा थुप्रोमा डाइभ हानेको प्रशंसा गर्दै रसियन निर्णायकहरुले समेत पूर्ण  अंक प्रदान गर्ने लेखेका छन्। रसियन निर्णायकहरु कन्जुस मानिन्छन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy