डिपिएल-३: दबासले अर्धशतक बनाएपछि महेन्द्रनगरलाई प्रतियोगिताकै सर्बाधिक ठुलो लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३४ रनको योगफल बनायो।

यो प्रतियोगिताकै सर्बाधिक ठुलो लक्ष्य हो। यसअघि प्रतियोगिताको उद्घाटन खेलमा धनगढी स्टार्सले बनाएको १३२ रन काठमाडौं गोल्डेन्सले पुरा गर्दै ४ विकेटको जित निकालेको थियो।

खराब सुरुवात गर्दै मात्र ७ रनको योगफलमा दुबै ओपनरलाई गुमायो। अनिल शाह ६ रन (४ बल, १ चौका) र गौरव तोमर १ रन (७ बल) बनाएर आउट भएका थिए।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले अंकित दबाससँग मिलेर तेसो विकेटको लागि २९ रनको साझेदारी गर्दै स्कोर उकास्ने प्रयास गरे। मल्ल तेस्रो विकेटको रुपमा १४ रन (१८ बल, १ चौका) बनाएर आउट भए।

अर्धशतक प्रहार गरेपछि ब्याट उठाउँदै

त्यसपछि आलमले पनि चौथो विकेटको रुपमा आउट हुनुभन्दा अगाडी १३ रन (१९ बल, २ चौका) हान्दै दबाससँग १९ रनको साझेदारी गरे। त्यसपछि आएका सोनु तामांगपनि लगत्तै १ रन (३ बल) मा आउट भए।

छैठौं विकेटको लागि योगेन्द्र कार्कीसँग मिलेर दबासले अन्तिम ७ ओभरमा ७६ रनको आक्रामक साझेदारी गरे। अन्तिम बलमा दुई रनको लागि दौडिएपनि अम्पाएरले मात्र १ रन पुरा गरेको निर्णय गरेका छन्।

अंकित ६५ रनमा अविजित रहे। मात्र ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका छन्। योगेन्द्र कार्कीले पनि राम्रो साथ दिए। कार्की १४ बलमा १ चौका र १ छक्काको मद्दतमा २२ रनमा अविजित रहे।





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]