शंकर राना र अन्तिम थापाको शतकमा लुम्बिनी खुुकुरीको सानदार जित : रुपन्देही सुपर लिग

shankar rana
  • विकेटनेपाल – १८ फाल्गुन, शनिवार 

फिचर फोटो : शंकर राना ( फाइल तस्विर )

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन ‘ए’ अन्तर्गत समूह “ए” को खेलमा लुम्बिनी खुुकुरी क्रिकेट क्लब बेलहियाले जित दर्ता गरेको छ।

शंकर राना र अन्तिम थापाले बिष्फोटक ब्याटिंग गर्दै शतक बनाएपछि लुम्बिनीले प्रोफेसनल मास्टर्स ११, भैरहवालाई २४९ रनले पराजित गर्यो। प्रतियोगिताकै इतिहासमा यो सर्वाधिक रन अन्तरको जित समेत हो।

सिद्धार्थ रंगशालामा शनिवार बिहान टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३६७ रनको बिशाल योगफल तयार गरेको थियो। लुम्बिनीका लागि पूर्व यू-१९ राष्ट्रिय क्रिकेटरहरु शंकर रानाले सर्वाधिक १७१ तथा अन्तिम थापाले १११ रनको इनिंग खेलेका थिए। यस्तै मिर्नाल गुरुङले व्यक्तिगत ३० रनको योगदान गरे।

प्रोफेसनलको बलिङतर्फ अमर थापाले सर्वाधिक २ विकेट हात पारेका थिए। यस्तै राजेन्द्र गुरुङको नाममा १ विकेट रह्यो।

Shankar Rana
Shankar Rana

जवाफमा ३६८ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको प्रोफेसनलले २८. १ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र जोड्न सक्यो।प्रोफेसनलको चेजमा सामोद पौडेलले २४, आदित्य त्रिपाठीले १४ तथा शैलेश श्रीवास्तवले १३ रन बनाएपनि त्यो जितका लागि पर्याप्त रहेन।

प्रोफेसनललाई सस्तैमा समेट्न खुकुरीका रमेह कुर्मीले सर्वाधिक ४ विकेट लिए। यस्तै लालबहादुर अधिकारी र साहव आलमले समान २-२ विकेट तथा धिरज शाही र अजयकुमार लोनियाले समान १-१ विकेट हात पारे।

खेलको म्यान अफ दी म्याच शंकर राना घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए।

फाल्गुन २० देखि २५ गतेसम्म आठौं राष्ट्रिय खेलकुदका लागि पुरुष प्रदेश क्रिकेट प्रतियोगिता सिद्धार्थ रंगशालामा हुने भएकाले बाँकी लिगचरणका खेलहरु फागुन २६ गतेबाट पुन: संचालन हुने समेत अध्यक्ष मल्लले बताए।

फागुन २६ गते डिभिजन ‘ए’अन्तर्गत समूह “बी” मा रहेका बुम एमसीसी क्रिकेट क्लब, भैरहवा र देवदह क्रिकेट युनिट, देवदहबीच प्रतिस्पर्धा हुनेछ। चैत ६ गतेसम्म चल्ने लिगमा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन्। यस्तै प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ।

समाचार स्रोत : प्रशान्त मल्ल





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]