मुख्यमन्त्री कप: प्रदेश ४ सँग ३० रनमा समेटिदा प्रदेश ५ प्रतियोगिताबाट बाहिरियो

  • विकेटनेपाल, फाल्गुन ३० – बिहिबार

धनगढीमा बुधबारदेखि सुरु भएको प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा प्रदेश ४ सँग ५६ रनको अन्तरले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश ५ को यो लगातार दोश्रो हार हो। यसअघि भएको खेलमा प्रदेश १ सँग ५ रनले पराजित भएको थियो।

।। स्कोरकार्ड ।।

प्रदेश ४ ले दिएको ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश ५ १३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३० रनमा समेटियो। उसलाई सस्तैमा समेट्न प्रदेश ४ का बलर बिपिन खत्रीले खेलको पारीको दोश्रो ओभरमा नै मेडन ओभर गर्दै ३ विकेट झारे। खत्रीले खेलमा ४ ओभर बलिंग गर्दै १ मेडन राखेर मात्र ७ रन खर्चिंदा ५ विकेट हात पारे।

यस्तै राजु गुरुङले पनि २ विकेट लिन ४ ओभरमा २ मेडन सहित ३ रन दिएर २ विकेट लिँदा बिशाल पौडेल, किशोर महतो र सन्तोष न्यौपानेले समान १/१ विकेट लिए।

प्रदेश ५ का लागि ८ नम्बरमा आएका बिक्रम भुसालले सर्बाधिक ८ रन बनाए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनाएको थियो। उसका लागि किशोर महतोले सर्बाधिक १९ रन, बिधान श्रेष्ठले १८ रन, मन्जिल न्यौपानेले अविजित १५ रन र सन्तोष न्यौपानेले १३ रन बनाएका थिए।

बलिंगतर्फ प्रदेश ४ का रुपेश कुर्मी (४-०-१९-२) र कृष्ण कार्की (४-०-२३-२) ले समान २/२ विकेट लिएका थिए। कप्तान सन्दिप सुनार र सिद्धान्त राजको नाममा १/१ विकेट रह्यो।

खेलमा बिपिन खत्री प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगितामा सातै प्रदेशका टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा प्रदेश १, ३, ४ र ५ तथा समुह बि मा २, ६ र ७ रहेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]