सरिता मगर र एसएम बीच प्रायोजन सम्झौता

२०७५ चैत्र १, शुक्रबार १७:३६

Sarita Magar
  • विकेटनेपाल – १ चैत्र, शुक्रवार 

नेपाली महिला राष्ट्रिय टोलीकी नियमित सदस्य सरिता मगरलाई आरएनबि बिजिनेसको एसएमले प्रयोजन गरेको छ। यससंगै सरिता प्रायोजित हुने पहिलो नेपाली महिला क्रिकेटर समेत बनेकी छिन्।

यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीहरु रोहित पौडेल, सोमपाल कामी लगायतसंग प्रायोजनमा रहँदै आएको आरएनबिले पहिलो पटक महिला क्रिकेटरलाई समेत प्रायोजन गरेको हो।

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आरएनबि बिजिनेसले प्रायोजन  घोषणा गर्यो। प्रायोजन सम्झौतामा बिजिनेसका तर्फबाट प्रमुख कार्यकारी अफिसर नितेश केसी र सरिता मगर स्वयमले हस्ताक्षर गरे। प्रायोजन १ बर्षसम्मको अवधिका लागि रहने छ।

Sarita Magar
Sarita Magar

राष्ट्रिय महिला टोलीका प्रशिक्षक बिनोद दासको पहलमा सरिता र आरएनबि बीच प्रायोजन सम्झौता भएको हो। पत्रकार सम्मेलनमा उपस्थित प्रशिक्षक दासले महिला क्रिकेटलाई समेत अघि बढ्न यस्ता प्रायोजन आवश्यक रहने बताए।

पछिल्लो लामो समय यता राष्ट्रिय टोलीकी नियमित सदस्य रहँदै आएकी अलराउन्डर सरिता मगरले नेपालका लागि ११ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेकी छिन्। दायाँ हाते ब्याटिंग तथा अफस्पिन बलिङ्ग गर्ने सरिताको नाममा टि-२० अन्तर्राष्ट्रियमा २९ रन र ७ विकेट रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy