सरिता मगर र एसएम बीच प्रायोजन सम्झौता

Sarita Magar
  • विकेटनेपाल – १ चैत्र, शुक्रवार 

नेपाली महिला राष्ट्रिय टोलीकी नियमित सदस्य सरिता मगरलाई आरएनबि बिजिनेसको एसएमले प्रयोजन गरेको छ। यससंगै सरिता प्रायोजित हुने पहिलो नेपाली महिला क्रिकेटर समेत बनेकी छिन्।

यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीहरु रोहित पौडेल, सोमपाल कामी लगायतसंग प्रायोजनमा रहँदै आएको आरएनबिले पहिलो पटक महिला क्रिकेटरलाई समेत प्रायोजन गरेको हो।

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आरएनबि बिजिनेसले प्रायोजन  घोषणा गर्यो। प्रायोजन सम्झौतामा बिजिनेसका तर्फबाट प्रमुख कार्यकारी अफिसर नितेश केसी र सरिता मगर स्वयमले हस्ताक्षर गरे। प्रायोजन १ बर्षसम्मको अवधिका लागि रहने छ।

Sarita Magar
Sarita Magar

राष्ट्रिय महिला टोलीका प्रशिक्षक बिनोद दासको पहलमा सरिता र आरएनबि बीच प्रायोजन सम्झौता भएको हो। पत्रकार सम्मेलनमा उपस्थित प्रशिक्षक दासले महिला क्रिकेटलाई समेत अघि बढ्न यस्ता प्रायोजन आवश्यक रहने बताए।

पछिल्लो लामो समय यता राष्ट्रिय टोलीकी नियमित सदस्य रहँदै आएकी अलराउन्डर सरिता मगरले नेपालका लागि ११ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेकी छिन्। दायाँ हाते ब्याटिंग तथा अफस्पिन बलिङ्ग गर्ने सरिताको नाममा टि-२० अन्तर्राष्ट्रियमा २९ रन र ७ विकेट रहेको छ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]