आठौँ राष्ट्रिय : शरदले ५ विकेट लिंदा एपीएफको जित, पुलिस, आर्मी र प्रदेश-३ विजयी

  • विकेटनेपाल – ४ बैशाख , बुधवार 

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० क्रिकेट बुधबार देखि सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा प्रदेश १ देखि ७ तथा ३ विभागीय टिम त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन्।

पुरुष क्रिकेटमा सहभागी १० टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल ( एपीएफ ) , नेपाल पुलिस क्लब, प्रदेश-५ , प्रदेश-७ र प्रदेश-४ रहेका छन् भने समुह ‘बि’ मा त्रिभुवन आर्मी क्लब, प्रदेश-३, प्रदेश-६ , प्रदेश-२ र प्रदेश-१ रहेका छन्।

समूह ‘ए’ को खेलहरु भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा तथा समुह ‘बि’ को खेलहरु कोहलपुरमा भइरहेको छ।

प्रतियोगिताको पहिलो दिन पुरुष क्रिकेटमा प्रदेश-६ बिरुद्ध प्रदेश-३ , त्रिभुवन आर्मी क्लब बिरुद्ध प्रदेश-२ , प्रदेश-५ बिरुद्ध नेपाल पुलिस क्लब तथा एपीएफ बिरुद्ध प्रदेश ७ प्रतिस्पर्धा गरेका थिए।

एपीएफ, नेपाल पुलिस क्लब, प्रदेश-३ र त्रिभुवन आर्मी क्लबले पहिलो दिन जित हाँसिल गरे।

पुलिसको जितमा कुशल भुर्तेल उत्कृस्ट

पुरुष क्रिकेट टि-२० अन्तर्गत भैरहवामा आज सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश-५ लाई पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो।

पुलिसको लागि ओपनिङ्ग ब्याटिंग गरेका कुशल भुर्तेलले सर्वाधिक ५५ रन योगदान दिए जुन क्रममा ३१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटको लागि भुर्तेल र सुनिल धमलाले ४६ रनको साझेदारी गरेका थिए। धमला १६ रन बनाएर आउट भएपछि भुर्तेल र दिपेन्द्र ऐरि बीच ४४ रनको साझेदारी भयो। दिपेन्द्रले २९ बलमा १/१ चौका र छक्का मदतले ३८ रन बनाए।

Kushal Bhurtel
Kushal Bhurtel

ओपनिङ्गबाट मध्ये क्रममा झरेका अमित श्रेष्ठले ११, आरिफ शेखले १६ रन बनाए भने अन्तिममा मन्जित श्रेष्ठले अविजित २२ रन बनाए। कप्तान श्रेष्ठले १६ बलमा १/१ चौका र छक्का प्रहार गरे।

प्रदेश-५ को बलिङ्गमा बिक्रम भुसाल ( ४-०-२२-२ ) , कृष्ण कार्की ( ४-०-२६-२ ) र सौरभ खनालले ( ४-०-३२-२ ) २/२ विकेट लिए। रुपेश कुर्मी ( ४-०-३३-१ ) ले १ विकेट लिए।

एपीएफको जितमा शरद भेसावकरको ५ विकेट 

भैरहवामा सम्पन्न दिनको दोश्रो खेलमा एपीएफले प्रदेश नम्बर ७ लाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

एपीएफका अफ स्पिनर शरद भेसवाकरले ५ विकेट लिएपछि टस जितेर ब्याटिंग रोजेको प्रदेश ७ ले १८.३ ओभरमा सबै विकेट गुमाउन अघि मात्र ८१ रन मात्र जोड्न सक्यो। ८२ रनको झिनो लक्ष्य एपीएफले खेल सकिन १ ओभर बाँकी रहंदा ७ विकेट गुमाएर पुरा गर्दै जित दर्ता गर्यो।

पहिले ब्याटिंग गरेको प्रदेश ७ का मात्र ४ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सफल भएका थिए। दिपक बोहोराले १७, लोकेश बमले १५ र खडक बोहोराले १२ रन बनाए।

बलिङ्गतर्फ एपीएफबाट खेलको प्लेयर अफ दि म्याच बनेका भेसवाकरले आफ्नो ४ ओभमा १ मेडन सहित १४ रन खर्चिएर ५ विकेट लिएका थिए। यस्तै भुवन कार्कीले २ विकेट लिंदा बसन्त रेग्मी र पृथु बाँस्कोटाको नाममा समान १-१ विकेट रह्यो।

८२ रन लक्ष्य पछ्याएको एपीएफको समेत सुरुवात राम्रो रहन। ओपनर अनिल साह र तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका शंकर राना दुवै खाता नखोल्दै पभेलियन फर्किंदा एपीएफको स्थिति खराब भएको थियो।

२१ रन जोड्दा ४ विकेट गुमाएको एपीएफका लागि शरद र भुवनले साझेदारी गर्दै खेललाई जिततर्फ लागेका थिए। एपीएफको इनिंगमा शरदले १८, भुवनले १६, सुमित महर्जनले १५ र अमर सिंह रौटेलाले ११ रनको योगदान गरे।

प्रदेश ७ को बलिङ्गतर्फ शेर मल्ल र नरेन्द्र साउदले समान २-२ विकेट हात पारे। यस्तै महेश अधिकारी, बिकाश आग्री र अरुण ऐरीको नाममा समान १-१ विकेट रह्यो। स्कोरकार्ड 

आर्मीको सहज जित 

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-२ लाई ८ विकेटले सहजै पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश-२  ले निर्धारित १९ ओभरमा ६ विकेट गुमाएर ७४ रन बनाएको थियो।३४ रनमा ६ विकेट गुमेको अवस्थामा मेहबुब आलम र राहुल प्रताप सिंहले सातौँ विकेटको लागि ४० रनको अविजित साझेदारी गर्दै प्रदेश-२  लाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।

मेहबुब आलमले अविजित २९ रन ( ४५ बलमा ४ चौका ) र राहुल प्रताप सिंहले १७ रन बनाए।

आर्मीको बलिङ्गमा सुशन भारिले ३ विकेट ( ४-०-१३-१ ) लिए। जितेन्द्र मुखीयाले २ ( ४-०-१९-२ ) र सोमपाल कामिले १ विकेट ( ३-१-३-१ ) लिए।

Binod Bhandari
Binod Bhandari

७५ रनको लक्ष्य आर्मीले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्यो।

बिनोद भण्डारीले अविजित ४२ तथा हरि कृष्ण झाले अविजित ३१ रन बनाए। बिनोदले ४० बलमा ३ चौका र १ छक्का तथा झाले ४२ बलमा ४ चौका प्रहार गरे।

पहिलो ओभरमा शैफुल्लाह अन्सारीले आर्मीको २ विकेट लिंदा २/२ को अवस्थामा पुगेको आर्मीलाई बिनोद र हरिले तेश्रो विकेटको लागि ७६ रनको साझेदारी गर्दै जितसम्म डोर्याएका थिए।

शैफुल्लाह अन्सारीले ४ ओभरमा १० रन खर्चेर २ विकेट हात पारे।

प्रदेश-३ को जित

कोहलपुरमा सम्पन्न पहिलो खेलमा प्रदेश-३ ले प्रदेश-६ लाई ९ रनले पराजित गर्यो।

प्रदेश-३ ले पहिले ब्याटिंग गर्दै दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ ले ११६ रन मात्रै बनाउन सक्यो।

प्रदेश-३ को लागि ब्याटिंगमा शुभ कंसाकारले सर्वाधिक ३९ रन योगदान दिए भने आदील खानले ३० रन बनाए। प्लेयर अफ द म्याच समेत चुनिएका प्रदेश -६ बलर प्रकास जैसी एक्लैले ५ विकेट हात पारे।

प्रकाश जैसी

प्रदेश-६ को ब्याटिंगमा रबिन्द्र शाहीले ३५ र प्रकाश जैसीले २३ रन बनाए पनि २० ओभरमा ७ विकेट गुमाएर ११६ रन मात्रै बनाउन सक्यो। प्रदेश-३ को लागि यु-१९ राष्ट्रिय क्रिकेटर रही सकेका नन्दन यादबले २ विकेट हात पारे।

बिहिबारको खेलहरु :- 

प्रदेश -६ Vs त्रिभुवन आर्मी क्लब , प्रदेश-२  Vs प्रदेश-१
प्रदेश-५  Vs एपीएफ , प्रदेश-७  Vs प्रदेश-४





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]