एसीसी यु-१६ इस्टर्न : मलेसियासंग दोश्रो खेल खेल्दै नेपाल ( सम्पूर्ण जानकारी )

  • विकेटनेपाल, बैशाख ११ 

एसीसी अन्डर-१६ पूर्वी प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले आफ्नो दोश्रो खेलमा आज मलेसिया अन्डर-१६ संग खेल्दै छ।

समुह ‘ए’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई पराजित गरिसकेको छ। २० अप्रिलमा सम्पन्न खेलमा म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गरेको थियो।

प्रतियोगितामा मलेसियाले पहिलो खेलमा थाईल्याण्डलाई २६ रनले ( डीएल मेथड ) तथा म्यानमारलाई ८ विकेटले पराजित गरिसकेको छ। समुह ‘ए’ को अंकतालिकामा २ जित सहित मलेसिया शिर्ष स्थानमा रहेको छ। आजको खेल जित्दै नेपाललाई अंकतालिकाको शिर्षमा आउने मौका छ।

नेपाल र मलेसिया बीचको खेल नेपाली समय ९:१५ बजे बिहान सुरु हुनेछ।

पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको थियो

मलेसियासंग अन्तिम पटक नेपालले सन् २०१७ को एसीसी यु-१६ इस्टर्न सेमीफाइनलमा खेलेको थियो। उक्त खेलमा नेपाल ७२ रनले विजयी हुने क्रममा पहिले ब्याटिंग गर्दै १२७ रन बनाएको थियो र मलेसियालाई ५५ रनमा अल-आउट गरेको थियो। फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधिनै जितेको थियो।

समुह चरणमा नेपालले अन्तिम खेल भोलि आयोजक थाईल्याण्डसंग खेल्नेछ। नेपालसंगै मलेसिया, म्यानमार र थाईल्याण्ड समुह ‘ए’ मा रहेका छन्। ४ टिमबाट २ उत्कृस्ट टिम सेमीफाइनल पुग्नेछ।

नेपालको टिम :- बिशाल बिक्रम केसी ( कप्तान ) , आइस भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दिपक बोहरा, सुबास ऐयर, निखिल कुमार सिंह, बिशाल कुमार पटेल, क्रिश कार्की, तिलक राज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापा

प्रशिक्षक – बसन्त शाही

 





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]