एसीसी यु-१६ इस्टर्न : मलेसियासंग दोश्रो खेल खेल्दै नेपाल ( सम्पूर्ण जानकारी )

  • विकेटनेपाल, बैशाख ११ 

एसीसी अन्डर-१६ पूर्वी प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले आफ्नो दोश्रो खेलमा आज मलेसिया अन्डर-१६ संग खेल्दै छ।

समुह ‘ए’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई पराजित गरिसकेको छ। २० अप्रिलमा सम्पन्न खेलमा म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गरेको थियो।

प्रतियोगितामा मलेसियाले पहिलो खेलमा थाईल्याण्डलाई २६ रनले ( डीएल मेथड ) तथा म्यानमारलाई ८ विकेटले पराजित गरिसकेको छ। समुह ‘ए’ को अंकतालिकामा २ जित सहित मलेसिया शिर्ष स्थानमा रहेको छ। आजको खेल जित्दै नेपाललाई अंकतालिकाको शिर्षमा आउने मौका छ।

नेपाल र मलेसिया बीचको खेल नेपाली समय ९:१५ बजे बिहान सुरु हुनेछ।

पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको थियो

मलेसियासंग अन्तिम पटक नेपालले सन् २०१७ को एसीसी यु-१६ इस्टर्न सेमीफाइनलमा खेलेको थियो। उक्त खेलमा नेपाल ७२ रनले विजयी हुने क्रममा पहिले ब्याटिंग गर्दै १२७ रन बनाएको थियो र मलेसियालाई ५५ रनमा अल-आउट गरेको थियो। फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधिनै जितेको थियो।

समुह चरणमा नेपालले अन्तिम खेल भोलि आयोजक थाईल्याण्डसंग खेल्नेछ। नेपालसंगै मलेसिया, म्यानमार र थाईल्याण्ड समुह ‘ए’ मा रहेका छन्। ४ टिमबाट २ उत्कृस्ट टिम सेमीफाइनल पुग्नेछ।

नेपालको टिम :- बिशाल बिक्रम केसी ( कप्तान ) , आइस भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दिपक बोहरा, सुबास ऐयर, निखिल कुमार सिंह, बिशाल कुमार पटेल, क्रिश कार्की, तिलक राज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापा

प्रशिक्षक – बसन्त शाही

 





थप समाचार

रौतहट प्रिमियर लिगमा १६ टोलीको सहभागीता रहने

काठमाडौं । रौतहट प्रिमियर लिग (आरपिएल) २०२४ मा १६ क्लबको सहभागीता हुने भएको छ । बुबा ममी इभेन्ट्स तथा स्पोर्टस […]

क्रिकेट प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल […]

एन्डरसनको बिदाई खेलमा इंग्ल्यान्डको जित

काठमाडौं । तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले एक इनिङ १ सय १४ रनको […]

पूर्व मुख्य प्रशिक्षक टमाटा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । टमाटालाई इलाइट मुभर्स एजुकेसन […]

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । हाललाई […]

महिला एसिया कप : पहिलो संस्करण दुई टोलीबीचको सिरिज

काठमाडौं । सन् २००४ मा पहिलो संस्करणको एसीसी महिला एसिया कप भएको मानिए पनि २००४ को सो एसिया कप केबल […]