आइसको अर्धशतकीय इनिंग, नेपालद्वारा थाईल्याण्डलाई २३५ रनको लक्ष्य : एसीसी यु-१६ पूर्वी

थाईल्याण्डमा जारी एसीसी अन्डर-१६ ( पूर्वी क्षेत्र ) प्रतियोगिता अन्तर्गत नेपालले तेश्रो खेलमा थाईल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ।

 

खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार गरेको छ।

नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका आइस भट्टराईले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ७३ बलमा ९ चौका प्रहार गरे। यस्तै ओपनर दिपक बोहराले ३५ ( ३६ बलमा ५ चौका र १ छक्का ) तथा कप्तान बिशाल बिक्रम केसीले ३८ ( ३१ बलमा ४ चौका र २ छक्का ) रन बनाए।

आइसले दोश्रो विकेटको लागि दिपक बोहरासंग ५५ रनको तथा चौथो विकेटको लागि कप्तान बिशालसंग ७३ रनको साझेदारी गरे।

Aaish Bhattarai
Aaish Bhattarai

आठौँ नम्बरमा ब्याटिंग गरेका बिशाल कुमार पटेलले अविजित २८ तथा नवौं नम्बरका निखिल कुमार सिंहले अविजित २२ रन बनाउदै नेपालको योगफल २०० पार गराए। दुई ब्याट्सम्यानले आठौँ विकेटको लागि ४२ रनको साझेदारी गरे।

बिशालले २३ बलमा ५ चौका तथा निखिलले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे। नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार गर्यो।

Bishal Bikram KC
Bishal Bikram KC

थाईल्याण्ड बलर नारावित नुनटारचले ३ विकेट तथा योदसक सरनोनाकमले २ विकेट लिए।

प्रतियोगितामा नेपालले मलेसिया र म्यानमारलाई पराजित गर्दै २ जित दर्ता गरिसकेको छ। आज थाईल्याण्डलाई पराजित गरे नेपाल समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]