हार्दिक र पोलार्डको फिनिसिंगमा मुम्बईले जोड्यो १५५ रन

२०७६ बैशाख १३, शुक्रबार २२:२६

  • विकेटनेपाल – १३ बैशाख, शुक्रवार

हार्दिक पान्ड्या र काइरन पोलार्डको कसिलो फिनिसिंगमा इन्डियन प्रिमियर लिग ( आइपिएल ) अन्तर्गत चेन्नई सुपर किंग्स बिरुद्ध मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा १५५ रन जोडेको छ।

चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६७ रन जोडे।

२४ रनको स्कोरमा क्विन्टन डी कक् स्वरूप पहिलो विकेट गुमाएको मुम्बईको इनिंगलाई रोहित र एभिन लुईसको साझेदारीले उकास्यो। १३ औं ओभरको पहिलो बलमा व्यक्तिगत ३२ रनमा आउट हुनअघि लुईसले रोहितसंग दोस्रो विकेटका लागि ७५ रनको  साझेदारी गरे।

Rohit Sharma
Rohit Sharma

लुईसको विकेट पश्चात नयाँ ब्याट्सम्यान क्रुनाल पान्ड्या ( १ ) समेत सस्तैमा आउट हुन पुगे। क्रुनालको विकेट लगत्तै टोलीले रोहित शर्मालाई समेत गुमाउंदा मुम्बई  १७ औं ओभरमा १२२/४ को खराब अवस्थामा थियो। रोहितले ४८ बलमा ६ चौका र ३ छक्का सहित ६७ रन जोड्दा जारी आइपिएल सिजनको पहिलो अर्धशतक जोडे।

K Pollard
K Pollard

इनिंगको अन्त्यतर्फ मुम्बईलाई १५५ रनको योगफलसम्म पुर्याउन चेन्नईको स्लो पिचमा हार्दिक पान्ड्या र काइरन पोल्लार्डले आक्रामक ब्याटिंग गरे। १८ बलमा हार्दिकले १ चौका र १ छक्का सहित २३ रन जोड्दा पोल्लार्डले १२ बलमा २ चौका सहित १३ रन जोडे।

चेन्नईको बलिंगमा मिचल स्यान्ट्नरले सर्वाधिक २ ( ४-०-१३-२ ) विकेट तथा इम्रान ताहिर ( ४-०-३७-१ ) र दिपक चाहर (४-०-४६-१ ) ले समान १-१ विकेट हात पारे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy