हार्दिक र पोलार्डको फिनिसिंगमा मुम्बईले जोड्यो १५५ रन

  • विकेटनेपाल – १३ बैशाख, शुक्रवार

हार्दिक पान्ड्या र काइरन पोलार्डको कसिलो फिनिसिंगमा इन्डियन प्रिमियर लिग ( आइपिएल ) अन्तर्गत चेन्नई सुपर किंग्स बिरुद्ध मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा १५५ रन जोडेको छ।

चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६७ रन जोडे।

२४ रनको स्कोरमा क्विन्टन डी कक् स्वरूप पहिलो विकेट गुमाएको मुम्बईको इनिंगलाई रोहित र एभिन लुईसको साझेदारीले उकास्यो। १३ औं ओभरको पहिलो बलमा व्यक्तिगत ३२ रनमा आउट हुनअघि लुईसले रोहितसंग दोस्रो विकेटका लागि ७५ रनको  साझेदारी गरे।

Rohit Sharma
Rohit Sharma

लुईसको विकेट पश्चात नयाँ ब्याट्सम्यान क्रुनाल पान्ड्या ( १ ) समेत सस्तैमा आउट हुन पुगे। क्रुनालको विकेट लगत्तै टोलीले रोहित शर्मालाई समेत गुमाउंदा मुम्बई  १७ औं ओभरमा १२२/४ को खराब अवस्थामा थियो। रोहितले ४८ बलमा ६ चौका र ३ छक्का सहित ६७ रन जोड्दा जारी आइपिएल सिजनको पहिलो अर्धशतक जोडे।

K Pollard
K Pollard

इनिंगको अन्त्यतर्फ मुम्बईलाई १५५ रनको योगफलसम्म पुर्याउन चेन्नईको स्लो पिचमा हार्दिक पान्ड्या र काइरन पोल्लार्डले आक्रामक ब्याटिंग गरे। १८ बलमा हार्दिकले १ चौका र १ छक्का सहित २३ रन जोड्दा पोल्लार्डले १२ बलमा २ चौका सहित १३ रन जोडे।

चेन्नईको बलिंगमा मिचल स्यान्ट्नरले सर्वाधिक २ ( ४-०-१३-२ ) विकेट तथा इम्रान ताहिर ( ४-०-३७-१ ) र दिपक चाहर (४-०-४६-१ ) ले समान १-१ विकेट हात पारे।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]