मलेसियालाई पराजित गर्दै नेपाललाई एसीसी यु-१६ इस्टर्नको उपाधि

मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै नेपालले एसीसी अन्डर-१६ ( पूर्वी ) प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिताको उपाधि नेपालले जितेको यो लगातार दोश्रो पटक हो। यस अघि सन् २०१७ मा मलेसियामा आयोजित एसीसी यु-१६ पूर्वी प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि आफ्नो पक्ष्यमा पारेको थियो।

थाईल्याण्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिंग गर्दै नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ३४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८१ रन मात्रै बनाउन सक्यो।

मलेसियालाई सस्तोमा समेट्न नेपालको लागि बिशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ७ ओभरमा १ मेडन ओभर गर्दा १८ रन खर्चिए। दिपक बोहराले ३ ( ७-१-१६-३ ) तथा निखिल कुमार सिंह ( ६-१-६-१ ) र कृश कार्की ( ०.५-०-१-१ ) ले १/१ विकेट लिए।

मलेसियाको ब्याटिंगमा मुहम्मद हजिकले सर्वाधिक १८, वान मुहम्मद आजमले १६ तथा जिनेन्द्र मुरलीले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि नेपालको लागि ब्याटिंगमा प्रशान्त महतले सर्वाधिक ४० रन बनाएका थिए। ६७ बलमा उनले ५ चौका प्रहार गरेका थिए। दिपक बोहराले २३ , बिशाल बिक्रम केसीले १७ र निखिल सिंहले १३ रन बनाउनु बाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेसिया बलर सचिनु हेट्टीगेले ३ तथा जिनेन्द्र मुरलीले २ विकेट लिए।

खेलको फोटोहरु –

 

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]