मलेसियालाई पराजित गर्दै नेपाललाई एसीसी यु-१६ इस्टर्नको उपाधि

मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै नेपालले एसीसी अन्डर-१६ ( पूर्वी ) प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिताको उपाधि नेपालले जितेको यो लगातार दोश्रो पटक हो। यस अघि सन् २०१७ मा मलेसियामा आयोजित एसीसी यु-१६ पूर्वी प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि आफ्नो पक्ष्यमा पारेको थियो।

थाईल्याण्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिंग गर्दै नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ३४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८१ रन मात्रै बनाउन सक्यो।

मलेसियालाई सस्तोमा समेट्न नेपालको लागि बिशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ७ ओभरमा १ मेडन ओभर गर्दा १८ रन खर्चिए। दिपक बोहराले ३ ( ७-१-१६-३ ) तथा निखिल कुमार सिंह ( ६-१-६-१ ) र कृश कार्की ( ०.५-०-१-१ ) ले १/१ विकेट लिए।

मलेसियाको ब्याटिंगमा मुहम्मद हजिकले सर्वाधिक १८, वान मुहम्मद आजमले १६ तथा जिनेन्द्र मुरलीले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि नेपालको लागि ब्याटिंगमा प्रशान्त महतले सर्वाधिक ४० रन बनाएका थिए। ६७ बलमा उनले ५ चौका प्रहार गरेका थिए। दिपक बोहराले २३ , बिशाल बिक्रम केसीले १७ र निखिल सिंहले १३ रन बनाउनु बाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेसिया बलर सचिनु हेट्टीगेले ३ तथा जिनेन्द्र मुरलीले २ विकेट लिए।

खेलको फोटोहरु –

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy