प्रदेश-२ लाई यु-१६ अन्तर-प्रदेश उपाधि, सुवास ऐर प्रतियोगिताकै उत्कृस्ट

  • विकेटनेपाल, बैशाख २४ 

प्रदेश-२ ले मनमोहन मेमोरियल अन्डर-१६ अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

टियु मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा प्रदेश-७ ( सुदुरपश्चिम ) लाई ४ विकेटले पराजित गर्दै प्रदेश-२ ले उपाधि जितेको हो।

उपाधि सहित प्रदेश-२ ले २ लाख ५० हजार रुपैयाँ तथा २ लाख ५० हजारको खेलकुद सामग्री पनि प्राप्त गर्यो। उपविजेता प्रदेश-७ ले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पनि प्राप्त गर्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी प्रदेश-७ का कप्तान सुवास ऐर चुनिए। प्रदेश-३ का अइस भट्टराई उत्कृस्ट ब्याट्सम्यान तथा प्रदेश-३ कै दिपक बोहरा उत्कृस्ट बलर चुनिए भने उदयमान खेलाडीको अवार्ड भार्गव चतौटले पाए। सुवास, अइस र दिपक ३ जनानै अन्डर-१६ राष्ट्रिय क्रिकेटर हुन् ।

Player of the Series (Suwash Ayer)

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै प्रदेश-७ ले दिएको १३४ रनको लक्ष्य प्रदेश-२ ले २६.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

जितमा प्रदेश-२ का ओपनर रोहण बिकले सर्वाधिक ३६, बिशाल पटेलले अविजित २८ र निखिल सिंहले २७ रन बनाए। प्रदेश-७ का बलर आशिष भट्टले ३ विकेट ( ६-०-९-३ ) लिए।

लक्ष्य पछ्याउने क्रममा ७८ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं विकेटको लागि निखिल सिंह र बिशाल पटेलले ४१ रनको साझेदारी टिमलाई जित नजिक पुर्याएका थिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा प्रदेश-७ का कप्तान सुवास ऐरले सर्वाधिक ४७ रन बनाएका थिए। ५४ बलमा ऐरले ७ चौका प्रहार गरे। यस्तै सन्दिप बिस्टले २८ र आशिष भट्टले २१ रन बनाए। प्रदेश-२ बलर बि पटेल र निखिल सिंहले ३/३ विकेट लिए।

निखिल सिंह खेलको प्लेयर अफ द म्याच चुनिए।

Emerging Player – Bhargav Chataut
Best bowler(Deepak Bohora)
(Best Bastman)Aaish Bhattarai




थप समाचार

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]