धेरै कमाउने फोर्व्सको सुचीमा खस्किए कोहली, मेस्सी नम्बर-१

२०७६ जेष्ठ २९, बुधबार २१:००

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली फोर्व्सले सार्वजनिक गरेको वर्ष २०१९ को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सुचीमा एक मात्र क्रिकेटर बनेका छन्।

कोहली धेरै कमाइ गर्ने सुचीमा १०० औं स्थानमा रहेका छन्। तथापी पछिल्लो वर्ष भन्दा कोहलीको वरियता भने घटेको हो। गत वर्ष यो सुचीमा कोहली ८३ औं स्थानमा थिए।

फोर्व्सको सुचीका अनुसार कोहलीको कमाइ विज्ञापनबाट २१ मिलियन अमेरिकी डलर रहेको छ भने ४ मिलियन अमेरिकी डलर तलब र पुरस्कार राशिबाट रहेको छ। पछिल्लो १२ महिनामा उनको कमाइ कुल २५ मिलियन डलर रहेको छ। नेपाली रुपैयाँमा कोहलीको कमाइ २ अरब ७७ करोड ४५ लाख रहेको छ।

यो सुचीमा फुटबल स्टार लियोनेल मेस्सीले लामो समय देखिको रेसमा बल्ल क्रिस्टियानो रोनाल्डो र बक्लासर फ्ईलोयड मेवेदरलाई उछिनेका छन्।

मेस्सीको कमाइ १२७ मिलियन डलर रहेको छ भने दोश्रो स्थानमा रहेको रोनाल्डोको १०९ मिलियन डलर रहेको छ। तेश्रो स्थानमा अर्का फुटबलर नेमारको १०५ मिलियन डलर रहेको छ। चौथो स्थानमा बक्सर कनेलो अल्भारेजको ९४ मिलियन डलर, पाँचौ स्थानमा टेनिस स्टार रोजर फेडेररको ९३.५ मिलियन डलर कमाइ रह्यो।

गत वर्ष यो सुचीमा बक्सर फ्लोयड मेवेदर २८५ मिलियन डलर सहित पहिलो स्थानमा थिए भने मेस्सी १११ मिलियन डलर सहित दोश्रो तथा रोनाल्दो १०८ मिलियन डलर सहित तेश्रो स्थानमा थिए। पहिलो पटक यो वर्ष उत्कृस्ट ३ खेलाडीनै फुटबलबाट यो पटक पर्न सफल भएका हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy