धेरै कमाउने फोर्व्सको सुचीमा खस्किए कोहली, मेस्सी नम्बर-१

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली फोर्व्सले सार्वजनिक गरेको वर्ष २०१९ को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सुचीमा एक मात्र क्रिकेटर बनेका छन्।

कोहली धेरै कमाइ गर्ने सुचीमा १०० औं स्थानमा रहेका छन्। तथापी पछिल्लो वर्ष भन्दा कोहलीको वरियता भने घटेको हो। गत वर्ष यो सुचीमा कोहली ८३ औं स्थानमा थिए।

फोर्व्सको सुचीका अनुसार कोहलीको कमाइ विज्ञापनबाट २१ मिलियन अमेरिकी डलर रहेको छ भने ४ मिलियन अमेरिकी डलर तलब र पुरस्कार राशिबाट रहेको छ। पछिल्लो १२ महिनामा उनको कमाइ कुल २५ मिलियन डलर रहेको छ। नेपाली रुपैयाँमा कोहलीको कमाइ २ अरब ७७ करोड ४५ लाख रहेको छ।

यो सुचीमा फुटबल स्टार लियोनेल मेस्सीले लामो समय देखिको रेसमा बल्ल क्रिस्टियानो रोनाल्डो र बक्लासर फ्ईलोयड मेवेदरलाई उछिनेका छन्।

मेस्सीको कमाइ १२७ मिलियन डलर रहेको छ भने दोश्रो स्थानमा रहेको रोनाल्डोको १०९ मिलियन डलर रहेको छ। तेश्रो स्थानमा अर्का फुटबलर नेमारको १०५ मिलियन डलर रहेको छ। चौथो स्थानमा बक्सर कनेलो अल्भारेजको ९४ मिलियन डलर, पाँचौ स्थानमा टेनिस स्टार रोजर फेडेररको ९३.५ मिलियन डलर कमाइ रह्यो।

गत वर्ष यो सुचीमा बक्सर फ्लोयड मेवेदर २८५ मिलियन डलर सहित पहिलो स्थानमा थिए भने मेस्सी १११ मिलियन डलर सहित दोश्रो तथा रोनाल्दो १०८ मिलियन डलर सहित तेश्रो स्थानमा थिए। पहिलो पटक यो वर्ष उत्कृस्ट ३ खेलाडीनै फुटबलबाट यो पटक पर्न सफल भएका हुन्।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]