फिन्चको शतकमा अस्ट्रेलियाद्वारा इंग्ल्याण्डलाई २८६ रनको लक्ष्य

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३२ औं खेलमा इंग्ल्याण्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनाएको छ।

लर्ड्स मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले उत्कृस्ट सुरुवात गरेको थियो। आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे। २३ औं ओभरमा वार्नर मोइन अलिबाट क्याच आउट भए। उनले ५३ रन ( ६१ बलमा ६ चौका ) बनाए।

वार्नरको विकेटपछि फिन्च र उस्मान ख्वाजाले दोश्रो विकेटको लागि ५० रन जोडे। ख्वाजा २३ रन बनाएर बेन स्टोक्सबाट बोल्ड भए। त्यसपछि भने अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुग्यो।

३६ औं ओभरमा शतक पुरा गरे लगत्तै फिन्च जोफ्रा आर्चरको बलमा क्याच आउट हुन पुगे। जारि विश्वकपमा श्रीलंका संग पनि शतक ( १५३ रन ) बनाएका फिन्च १५ औं शतक पुरा गरेर आउट भए। ११६ बलमा उनले ११ चौका र २ छक्का प्रहार गरे।

ग्लेन म्याक्सेल १२, मार्कस स्टोइनिश ८ स्टिभ स्मिथ ३८ रन बनाएर आउट हुन पुगे।

तल्लो क्रममा विकेटकिपर ब्याट्सम्यान एकेल्स क्यारीले अविजित ३८ रन बनाउदै अन्तिम सम्म ब्याटिंग गरे। उनले २७ बलमा ५ चौका प्रहार गरे।

इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्सले सर्वाधिक २ विकेट ( १०-०-४६-२ ) लिए भने जोफ्रा आर्चर ( ९-०-५६-१ ) , मार्क वुड ( ९-०-५६-१ )  बेन स्टोक्स ( ६-०-२९-१ ) र मोइन अलि ( ६-०-४२-१ ) ले १/१ विकेट लिए । आदील रशिद विकेटविहिन ( १०-०-४९-० ) विकेट विहिन रहे।

प्रतियोगिताको अंक तालिकामा अस्ट्रेलिया ६ खेलमा ५ जित र १ हार सहित १० अंक बटुल्दै दोश्रो तथा इंग्ल्याण्ड ६ खेलमा ४ जित र २ हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा रहेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]