फिन्चको शतकमा अस्ट्रेलियाद्वारा इंग्ल्याण्डलाई २८६ रनको लक्ष्य

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३२ औं खेलमा इंग्ल्याण्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्।

पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनाएको छ।

लर्ड्स मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले उत्कृस्ट सुरुवात गरेको थियो। आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे। २३ औं ओभरमा वार्नर मोइन अलिबाट क्याच आउट भए। उनले ५३ रन ( ६१ बलमा ६ चौका ) बनाए।

वार्नरको विकेटपछि फिन्च र उस्मान ख्वाजाले दोश्रो विकेटको लागि ५० रन जोडे। ख्वाजा २३ रन बनाएर बेन स्टोक्सबाट बोल्ड भए। त्यसपछि भने अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुग्यो।

३६ औं ओभरमा शतक पुरा गरे लगत्तै फिन्च जोफ्रा आर्चरको बलमा क्याच आउट हुन पुगे। जारि विश्वकपमा श्रीलंका संग पनि शतक ( १५३ रन ) बनाएका फिन्च १५ औं शतक पुरा गरेर आउट भए। ११६ बलमा उनले ११ चौका र २ छक्का प्रहार गरे।

ग्लेन म्याक्सेल १२, मार्कस स्टोइनिश ८ स्टिभ स्मिथ ३८ रन बनाएर आउट हुन पुगे।

तल्लो क्रममा विकेटकिपर ब्याट्सम्यान एकेल्स क्यारीले अविजित ३८ रन बनाउदै अन्तिम सम्म ब्याटिंग गरे। उनले २७ बलमा ५ चौका प्रहार गरे।

इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्सले सर्वाधिक २ विकेट ( १०-०-४६-२ ) लिए भने जोफ्रा आर्चर ( ९-०-५६-१ ) , मार्क वुड ( ९-०-५६-१ )  बेन स्टोक्स ( ६-०-२९-१ ) र मोइन अलि ( ६-०-४२-१ ) ले १/१ विकेट लिए । आदील रशिद विकेटविहिन ( १०-०-४९-० ) विकेट विहिन रहे।

प्रतियोगिताको अंक तालिकामा अस्ट्रेलिया ६ खेलमा ५ जित र १ हार सहित १० अंक बटुल्दै दोश्रो तथा इंग्ल्याण्ड ६ खेलमा ४ जित र २ हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy