भारत हार्दा धोनीलाई दोष दिंदै ट्वीटरमा फ्यानहरुले यसरी पोखे आक्रोश

२०७६ असार १६, सोमबार ००:४४

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टिम इंग्ल्याण्डले सेमीफाइनल प्रवेश गर्न गर या मरको खेलमा भारतलाई ३१ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले पुरै ओभर ब्याटिंग गरे पनि ३०६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा भारतले ७ खेल खेल्दा यो पहिलो हार हो।

सन् १९९२ को विश्वकप पछि इंग्ल्याण्डले भारतलाई विश्वकपमा पराजित गरेको योनै पहिलो अवसर हो।

इंग्ल्याण्डको जितमा प्लेयर अफ द म्याच चुनिएका जोन्नी बेयरस्टोले सर्वाधिक १११ रन बनाए भने बलिंगमा लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए। मोहम्मद शामीले ५ विकेट तथा रोहित शर्माले १०२ रन बनाए पनि भारतले जित हाँसिल गर्न सकेन।

हार पछि सामाजिक संजाल ट्वीटरमा फ्यानहरुले भारतले जितको भोक नदेखाएको भन्दै टिम र महेन्द्र सिंह धोनीको आलोचना गरेका छन्।

भारतले लक्ष्य पछ्याउने क्रममा पहिलो १० ओभरमा मात्र २८ रन बनाउन सकेको थियो भने अन्तिम १० ओभरमा १०४ रन बाँकी रहंदा मात्र ७२ रन मात्रै बनाउन सकेको थियो।

इनिंगको अन्तिममा ब्याटिंग गरेका धोनी र केदार जाधबले सुस्त ब्याटिंग गरेका थिए जुन क्रममा अन्तिम ५ ओभरमा दुइ ब्याट्सम्यानले ३ चौका र १ छक्का मात्रै प्रहार गर्नसकेका थिए।

ठुलो सट आवस्यक हुँदा धोनी र जाधबले चौका छक्का प्रहार गर्नुको साटो १/१ रन लिंदै जित्ने भोक नदेखाएको भन्दै फ्यानहरुले आलोचना गरेका छन्।

पुरा खेलमा इंग्ल्याण्डले १३ छक्का प्रहार गर्दा भारतले मात्र १ छक्का मात्र प्रहार गर्न सक्यो जुन अन्तिम ओभरमा धोनीले प्रहार गरेका थिए।

धोनीले अविजित इनिंग खेल्ने क्रममा ३१ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ तथा केदार जाधबले १४ बलमा १ चौका मद्दतले अविजित १२ रन बनाए।

धेरै फ्यानहरुले धोनीको आलोचना गर्दा नेट रनरेट राम्रो बानाइ राख्नको लागि सुस्त ब्याटिंग गरेको समेत केहि फ्यानले बताएका छन्। केहि फ्यानले धोनीको बचाउमा पनि बोलेका छन्।

धोनी बारे खेल पछि गरिएको ट्वीटहरु 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy