भारत हार्दा धोनीलाई दोष दिंदै ट्वीटरमा फ्यानहरुले यसरी पोखे आक्रोश

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टिम इंग्ल्याण्डले सेमीफाइनल प्रवेश गर्न गर या मरको खेलमा भारतलाई ३१ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले पुरै ओभर ब्याटिंग गरे पनि ३०६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा भारतले ७ खेल खेल्दा यो पहिलो हार हो।

सन् १९९२ को विश्वकप पछि इंग्ल्याण्डले भारतलाई विश्वकपमा पराजित गरेको योनै पहिलो अवसर हो।

इंग्ल्याण्डको जितमा प्लेयर अफ द म्याच चुनिएका जोन्नी बेयरस्टोले सर्वाधिक १११ रन बनाए भने बलिंगमा लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए। मोहम्मद शामीले ५ विकेट तथा रोहित शर्माले १०२ रन बनाए पनि भारतले जित हाँसिल गर्न सकेन।

हार पछि सामाजिक संजाल ट्वीटरमा फ्यानहरुले भारतले जितको भोक नदेखाएको भन्दै टिम र महेन्द्र सिंह धोनीको आलोचना गरेका छन्।

भारतले लक्ष्य पछ्याउने क्रममा पहिलो १० ओभरमा मात्र २८ रन बनाउन सकेको थियो भने अन्तिम १० ओभरमा १०४ रन बाँकी रहंदा मात्र ७२ रन मात्रै बनाउन सकेको थियो।

इनिंगको अन्तिममा ब्याटिंग गरेका धोनी र केदार जाधबले सुस्त ब्याटिंग गरेका थिए जुन क्रममा अन्तिम ५ ओभरमा दुइ ब्याट्सम्यानले ३ चौका र १ छक्का मात्रै प्रहार गर्नसकेका थिए।

ठुलो सट आवस्यक हुँदा धोनी र जाधबले चौका छक्का प्रहार गर्नुको साटो १/१ रन लिंदै जित्ने भोक नदेखाएको भन्दै फ्यानहरुले आलोचना गरेका छन्।

पुरा खेलमा इंग्ल्याण्डले १३ छक्का प्रहार गर्दा भारतले मात्र १ छक्का मात्र प्रहार गर्न सक्यो जुन अन्तिम ओभरमा धोनीले प्रहार गरेका थिए।

धोनीले अविजित इनिंग खेल्ने क्रममा ३१ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ तथा केदार जाधबले १४ बलमा १ चौका मद्दतले अविजित १२ रन बनाए।

धेरै फ्यानहरुले धोनीको आलोचना गर्दा नेट रनरेट राम्रो बानाइ राख्नको लागि सुस्त ब्याटिंग गरेको समेत केहि फ्यानले बताएका छन्। केहि फ्यानले धोनीको बचाउमा पनि बोलेका छन्।

धोनी बारे खेल पछि गरिएको ट्वीटहरु 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]