पवनको विस्फोटक इनिंग र सागरको ६ विकेट, चिनलाई सहजै पराजित गर्दै नेपाल सेमीफाइनलमा

२०७६ असार १८, बुधबार ०९:५८

मलेसियामा मंगलबार देखि सुरु भएको एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले चिनलाई १० विकेटको विशाल अन्तरले पराजित गरेको छ।

जितसंगै नेपाल प्रतियोगिताको सेमीफाइनल पनि प्रवेश गरेको छ। चिनले पहिलो खेलमा सिंगापुरसंग हार बेहोरेको हुँदा जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

१/१ जित हात पारेको सिंगापुर र नेपाल समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गरेका हुन्। नेपाल र सिंगापुर बीच जुलाई ५ तारिकमा हुने खेलले समुह ‘ए’ को विजेता तय गर्नेछ।

किनरारा ओभलमा सम्पन्न खेलमा टस जितेर नेपालले बलिंग गरे पछि चिनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो। ५४ रनको लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो।

चाडैनै नेपाललाई जिताउन ओपनिंग ब्याटिंग गरेका पवन सर्राफले अविजित ४६ रन बनाउन विस्फोटक ब्याटिंग गरे। उनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस क्रममा उनले अन्तिम ओभरमा लगातार बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै रित गौतमले अविजित १० रन ( १० बलमा १ चौका ) बनाए।

Pawan Sarraf
Pawan Sarraf

सागरको उत्कृस्ट बलिंग 

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको चिनले ५३ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपाललाई ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

चिन ओपनर गुहाओ गाओ र लियांग चेनले समान १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो विकेट छैठौं ओभरमा १८ रनको योगफलमा गुमाएको चिनले त्यसपछि लगातार विकेट गुमाएको थियो।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ६ विकेट लिए। ढकालले ९.१ ओभरमा ३ मेडन ओभर गर्दै १९ रन खर्चिए। यस्तै लेग स्पिनर तिलक राज भण्डारीले ३ विकेट लिन ७ ओभरमा ३ मेडन ओभर गर्दै १५ रन खर्चिए। कमल सिंह ऐरीले १ विकेट ( ५-२-९-१ ) लिंदा प्रतिस जिसी ( २-०-१०-० ) विकेट विहिन रहे।

सागर खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।

स्कोरकार्ड  अंकतालिका 

प्रतियोगितामा यस अघि आफ्नो पहिलो खेलमा चिन सिंगापुरसग ८ विकेटले पराजित हुन पुगेको थियो। त्यस क्रममा चिनले पहिले ब्याटिंग गर्दै २८ रनमा सबै विकेट गुमाएको थियो।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल सहित चिन, सिंगापुर, मलेसिया, हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। नेपाल रहेको समुह ‘ए’  चिन र सिंगापुर रहेका छन्। नेपालले आफ्नो पहिलो खेल भोलि बुधबार चिनसंग खेल्नेछ। यस्तै समुह ‘बि’ मा आयोजक मलेसिया सहित हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

प्रतियोगिताको विजेता टिमले अगस्ट/सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy