एसीसी यु-१९ पूर्वी : रोमान्चक खेलमा हंगकंगसंग मलेसिया पराजित, सेमीफाइनल समीकरण पुरा

अत्यन्त रोमान्चक खेलमा आयोजक मलेसियालाई ३ रनले पराजित गर्दै हंगकंग एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको हंगकंगले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ४९.३ ओभरमा पुरै विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा मलेसियाले एक समय ४४ रनमा ६ विकेट गुमाएको थियो। त्यसपछि नवौं नम्बरमा ब्याटिंग गरेका मोहम्मद अरिफ युसुफ र छैठौं नम्बरका कप्तान भिजय उन्नीले आठौँ विकेटको लागि ८७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए।

३९ औं ओभरमा कप्तान उन्नी ३९ रन बनाएर रन आउट भए जसपछि हंगकंग खेलमा फर्केको थियो। तर त्यसपछि नवौं विकेटको लागि युसुफले दशौँ नम्बरका ब्याट्सम्यान सचिनु हेट्टीगेसंग ३२ रनको साझेदारी गर्दै जितको प्रयास जारि राखे।

६३ रन बनाएका युसुफ ४८ औं ओभरमा नसरुल्ला रानाबाट बोल्ड हुन पुगे। जितको लागी मात्र ३ रन बाँकी रहंदा ११ औं नम्बरमा मोहम्मद अफिकलाई नसरुल्लाहले बोल्ड गर्दै हंगकंगलाई जिताए। हेट्टीगे ११ रन बनाएर अविजित रहे।

हंगकंग बलर रौनक कपुर र विकास शर्माले ३/३ तथा नसरुल्ला रानाले २ विकेट लिए।

पहिले ब्याटिंग गर्ने क्रममा हंगकंगको लागि कप्तान अदित गोराराले ५० तथा कल्हन चल्लुले ४३ रन बनाएका थिए।  मलेसिया बलर मुहम्मद आमिर र सचिनु हेट्टीगेलले ३/३ विकेट लिए।  स्कोरकार्ड 

शनिवारै सम्पन्न दोश्रो खेलमा थाईल्याण्डले भुटानलाई ७ विकेटले पराजित गर्यो।

सेमीफाइनल समीकरण पुरा, नेपाल र मलेसिया बीच प्रतिस्पर्धा 

शनिवारको खेलहरु समाप्तिसंगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ। अंकतालिका 

समुह ‘ए’ बाट नेपाल समुह विजेताको रुपमा र सिंगापुर उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। यस्तै समुह ‘बि’ बाट समुह विजेताको रुपमा हंगकंग र उप-विजेताको रुपमा मलेसिया सेमीफाइनल प्रवेश गर्यो।

जुलाई ८ तारिक सोमबार २ वटै सेमीफाइनल खेलहरु खेलिनेछ। नेपालको खेल किनरारा ओभल मैदानमा ७:४५ बजे बिहान ( मलेसिया समय १० बजे बिहान ) सुरु हुनेछ।

Nepal U19 Cricket Team

प्रतियोगितामा नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले तथा दोश्रो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो। यस्तै हंगकंगले ३ वटै खेलमा जित हात पार्ने क्रममा थाईल्याण्डलाई ५ विकेटले, भुटानलाई १७० रनले तथा मलेसियालाई ३ रनले पराजित गर्यो।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपालले सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]