राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गरिने

Ramesh Shilwal

राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव रमेश सिलवाल हुने भएका छन्।  निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यक्रल असार ९ गते सकिएपछि स्थानपूर्ति सिलवालले गर्नेछन्। अनलाइनखबरका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकले शिलवाललाई नियुक्ति दिनेछ।

गोल्डेन गेट कलेजको संचालक रहेका शिलवाल प्रधानमन्त्रि केपी ओली निकट मानिने गरिन्छन्। उनि  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष समेत हुन्। शिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोर्ट्स एकेडेमीको समेत अध्यक्ष रहीसकेका छन्।

प्रधानमन्त्री ओलीसँग शिलवालको पुरानो सम्बन्ध रहेको मानिन्छ । पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए।

कलेज प्रिमियर प्रतियोगिताको उद्घाटनको क्रममा बलिंग गर्दै रमेश शिलवाल 

शिलवाल धनगढी प्रिमियर लिग डिपीएल टिम काठमाडौँ गोल्डेनसका मालिक समेत हुन्। डिपीएलको क्वालीफायरमा पुगे पनि आफ्नो बिदेशी खेलाडीलाई प्रतिबन्ध लगाएको कारण क्वालीफायर खेल बहिस्कार गरेको थियो।

२०७२ साल पुषमा राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको तदर्थ समिति गठन गर्दा शिलवाललाई नेतृत्व दिईएको थियो। क्रिकेट संघले त्यस बेला गरेको साधारणसभालाई मान्यता नदिंदै राखेपले तदर्थ समिति बनाएको थियो। राखेपले सन् २०७१ कार्तिकमा विनय राज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउदा समेत शिलवाललाई महासचिव बनाईएको थियो। सर्वोच्च अदालतले भने तदर्थ समितिलाई मान्यता दिएको थिएन। त्यही विवाद पछि २०७३ साल बैशाखमा आईसीसीले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो।

सदस्य सचिव बन्ने दौडमा निवर्तमान सदस्य सचिव केशव बिस्ट आफै पनि रहेका थिए। विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र सिलवाल दौडमा थिए ।

 





थप समाचार

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]

विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको […]