राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गरिने

२०७६ असार २२, आईतवार १७:३१

Ramesh Shilwal

राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव रमेश सिलवाल हुने भएका छन्।  निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यक्रल असार ९ गते सकिएपछि स्थानपूर्ति सिलवालले गर्नेछन्। अनलाइनखबरका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकले शिलवाललाई नियुक्ति दिनेछ।

गोल्डेन गेट कलेजको संचालक रहेका शिलवाल प्रधानमन्त्रि केपी ओली निकट मानिने गरिन्छन्। उनि  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष समेत हुन्। शिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोर्ट्स एकेडेमीको समेत अध्यक्ष रहीसकेका छन्।

प्रधानमन्त्री ओलीसँग शिलवालको पुरानो सम्बन्ध रहेको मानिन्छ । पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए।

कलेज प्रिमियर प्रतियोगिताको उद्घाटनको क्रममा बलिंग गर्दै रमेश शिलवाल 

शिलवाल धनगढी प्रिमियर लिग डिपीएल टिम काठमाडौँ गोल्डेनसका मालिक समेत हुन्। डिपीएलको क्वालीफायरमा पुगे पनि आफ्नो बिदेशी खेलाडीलाई प्रतिबन्ध लगाएको कारण क्वालीफायर खेल बहिस्कार गरेको थियो।

२०७२ साल पुषमा राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको तदर्थ समिति गठन गर्दा शिलवाललाई नेतृत्व दिईएको थियो। क्रिकेट संघले त्यस बेला गरेको साधारणसभालाई मान्यता नदिंदै राखेपले तदर्थ समिति बनाएको थियो। राखेपले सन् २०७१ कार्तिकमा विनय राज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउदा समेत शिलवाललाई महासचिव बनाईएको थियो। सर्वोच्च अदालतले भने तदर्थ समितिलाई मान्यता दिएको थिएन। त्यही विवाद पछि २०७३ साल बैशाखमा आईसीसीले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो।

सदस्य सचिव बन्ने दौडमा निवर्तमान सदस्य सचिव केशव बिस्ट आफै पनि रहेका थिए। विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र सिलवाल दौडमा थिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy