एसीसी यु-१९ पूर्वी सेमी : नेपालको उत्कृस्ट बलिंग, मलेसिया ८७ रनमै समेटियो

२०७६ असार २३, सोमबार १०:२८

मलेसियामा जारि एसीसी अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा नेपाल र आयोजक मलेसियाले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल समुह चरणमा समुह ‘ए’ को विजेताको रुपमा तथा मलेसिया समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। जारि दोश्रो सेमीफाइनलमा समुह ‘बि’ को बिजेता हंगकंग र समुह ‘ए’ को उपविजेता सिंगापुर पनि प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाउदै नेपाललाई ८८ रनको लक्ष्य दिएको छ।

नेपाललाई इनिंगको पहिलो ओभरमै कमल सिंह ऐरीले विकेट दिलाए। असलम खान खाता नखोली क्याच आउट भए।

Kamal Singh Airee

 

दोश्रो विकेटको लागि वान अमिरुल र मुहम्मद आमिरले ३७ रनको साझेदारी गरे। १२ औं ओभरमा कुशल मल्लले आमिरलाई बोल्ड गरेपछि मलेसियाको विकेट पतन सुरु भयो। आमिर २४ रन बनाएर आउट भए।

सागर ढकालले ११ रन बनाएका जुलकरनियान, ३ रन बनाएका बिश्वरुबेन कुमारलाई पेभेलियन फर्काए। भिम शार्कीले १ रन बनाएका विजय उन्नीलाई उत्कृस्ट रन आउट गरे। सागरले मोहम्मद आरिफलाई खाता नखोल्दै पेभेलियन पठाउदा ३८/२ को स्थितिबाट मलेसिया ५५/६ को अवस्थामा पुग्यो।

त्यसपछि लेग स्पिनर तिलक भण्डारीले ४२ बलमा ७ रन बनाएर क्रिजमा अड्किरहेका तनिस अरोराको विकेट लिए। १२ रन बनाएका हैकल खैरलाई कुशल मल्लले बोल्ड गरे।

Sagar Dhakal

३३ औं ओभरमा ७५/८ पुगेको मलेसीयाको नवौं विकेट लिन नेपालले ८ ओभर कुर्नु पर्यो। अकमल अलिफ र सचिनु हेट्टीगेले १२ रनको साझेदारी गरे पनि नेपालको प्रतीक्षा लम्ब्याए। ४१ औं ओभरमा अलिफलाई रशिद खानले रन आउट गरे जसले ३६ बलमा १ चौका प्रहार गर्दै १० र बनाए। त्यही ओभरमा रशिदले सचिनुलाई बोल्ड गरे। २९ बलमा उनले मात्र १ रन बनाए।

मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो।

नेपालको बलिंगमा सागर ढकालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र १६ रन खर्चिए। चिनसंगको खेलमा पनि सागर एक्लैले ६ विकेट लिएका थिए। यस्तै कुशल मल्लले २ विकेट ( ९-५-१३-२ ) तथा कमल सिंह ऐरी ( ५-०-१४-१ ) र तिला राज भण्डारी ( ६-२-१३-१ ) ले १/१ विकेट लिए।

स्कोरकार्ड 

प्रतियोगितामा नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले तथा दोश्रो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो। डिफेन्डिङ च्याम्पियन नेपालले सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

नेपालको लागि प्रतियोगितामा जित हात पार्नु महत्वपूर्ण रहेको छ। प्रतियोगिताको विजेता टिम श्रीलंकामा यसै वर्ष अगस्ट/सेप्टेम्बरमा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप खेल्न छनौट हुनेछ। श्रीलंकामा हुने एसिया कपको लागि पश्चिम क्षेत्रबाट कुवेत र युएई छनोट भईसकेका छन्। प्रतियोगितामा टेस्ट राष्ट्रका यु१९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy