मलेसिया बिरुद्ध जित : उत्कृस्ट प्रदर्शन गर्ने ४ खेलाडी

मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल मलेसियामा जारि एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। नेपालले फाइनलमा मंगलबार दोश्रो सेमीफाइनल अन्तर्गत हंगकंग र सिंगापुरसंगको विजेतासंग खेल्नेछ। किनरारा ओभलमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको मलेसियाले ८७ रन मात्रै बनाएपछि ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। विस्तृतमा पढ्नुस 

नेपालको जितमा उत्कृस्ट प्रदर्शन गर्ने ४ खेलाडी

सागर ढकाल 

Sagar Dhakal

खेलको प्लेयर अफ द म्याच समेत चुनिएका सागरले ३ विकेट लिने क्रममा १० ओभर बलिंग गर्दै २ मेडन ओभर गरे भने मात्र १६ रन खर्चे। यस क्रममा उनले मलेसियाको माथिल्लो क्रमका वान अमिरुल, बिश्वरुबेनको तथा मध्यक्रमका मोहम्मद युसुफको विकेट लिए। यस अघि चिन बिरुद्ध पनि समुह चरणमा ६ विकेट लिंदै उनि प्लेयर अफ द म्याच चुनिएका थिए। ३ खेलमा सागरले १० विकेट लिईसकेका छन् र धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा समेत उक्लेका छन्।

कुशल मल्ल 

Kushal Malla
Kushal Malla

अत्यन्त किफायती बलिंग गरेका कुशलले ९ ओभरमा ५ मेडन ओभर गरेर १३ रन मात्रै खर्चिए। स्पेल भरि मलेसियन ब्याट्सम्यानलाई दबाबमा राखेका उनले ११ रन बनाएका वान अमिरुल र २४ रन बनाएका मुहम्मद आमिरको विकेट लिए। एक किनारमा कुशलले रनमा कन्जुसी गरेका कारण अर्को किनारमा नेपालले विकेट पाएको थियो।

रोहित पौडेल

Rohit Paudel

८८ रनको लक्ष्य नेपालले लन्च ब्रेक अगाडीनै पुरा गर्न चाहन्थ्यो। त्यसैले नेपालले सुरुवात देखि आक्रामक ब्याटिंग गर्ने योजना बनायो। त्यही चक्करमा ठुलो सट खेल्दा पवन सर्राफ, रित गौतम र खडक बोहराले लगातार विकेट गुमाउन पुगे।

३० रनमा ३ विकेट गुमाएको नेपाललाई साझेदारी र आक्रामक इनिंगको पनि आवस्यक थियो। तेश्रो नम्बरमा ब्याटिंग गरेका रोहितले भिम शारीसंग ६० रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। उनले २९ बलमा २ चौका र १चक्का प्रहार गर्दै अविजित ३१ रन बनाए।

भिम शार्की

Bhim Sharki

खडक बोहरा आउट हुँदा ३०/३ पुगेको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका भिम आउट भएकोक भए नेपाल दबाबमा आउन सक्थ्यो। कप्तान रोहित पौडेलसंगको साझेदारीको आवस्यकतालाई भिमले बुझे र ६० रनको साझेदारी गर्दै टिमको जितमा अहम योगदान दिए। भिमले ३४ बलमा २ चौका र १ छक्का मदतले ३३ रन बनाए।

फिल्डिंगमा नेपालकै अब्बल मानिने भिमले खेलको क्रममा भिजय उन्नीलाई उत्कृस्ट रन आउट गरे। सिल्ली मिड अफमा फिल्डिंग गर्ने क्रममा उनले ब्याट्सम्यान क्रिज बाहिर निस्केको अवस्थामा डाइभ गर्दै स्टम्पमा  रन आउट गरेका थिए।

यी ४ खेलाडी बाहेक खेलमा पवन सर्राफले १८ रन बनाउनुको साथै विकेट विहिन रहे पनि किफायती बलिङ्ग ( ६-२-१२-० ) गरे। यस्तै कमल सिंह ऐरि, रसिद खान र तिलक राज भण्डारीले १/१ विकेट लिंदा किफायती बलिङ्ग पनि गरे।

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]