फोटोहरुमा हेर्नुस ऐतिहासिक विश्वकप उपाधि जित्दा इंग्ल्याण्डको खुसि र किविजको पिंडा

२०७६ असार ३०, सोमबार ०१:५८

सुपर ओभरसम्म पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै क्रिकेटको जन्मभूमि इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जित्यो। लर्ड्स मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा दुवै टिमले १५/१५ रन बनाएपछि खेलमा चौका/छक्का बाट धेरै रन बटुल्ने टिम विजेता घोषित भएको थियो। यस अघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगे पनि इंग्ल्याण्ड उप-विजेतामा सिमित भएको थियो। सन् २०१५ विश्वकपको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको। लगातार दोश्रो पटक न्युजिल्याण्ड उप-विजेतामा सिमित हुन पुग्यो।

फोटोहरुमा हेर्नुस इंग्ल्याण्डको खुसियाली र न्युजिल्याण्डको पिंडा  

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy