अन्यायपूर्ण नियमले हार्यो न्युजिल्याण्ड ? ट्वीटरमा आईसीसीको नियमको बिरोध

एकदिवसीय विश्वकप फाइनलमा धेरै चौका/छक्का प्रहार गर्ने टिमलाई विजेता घोषणा गर्दा राम्रो खेल्दा खेल्दै न्युजिल्याण्ड क्रिकेट टिम उपाधि जित्नबाट बन्चित हुन पुग्यो। खेल जित्नको लागि सम्पूर्ण काम गरेतापनि उपाधि इंग्ल्याण्डको पक्षमा जान पुग्यो।

पहिलो पटक इंग्ल्याण्डले उपाधि जित्ने क्रममा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २४१ रननै बनायो र योगफल बराबरी हुन पुग्यो। सुपर ओभरमा खेल पुग्यो जसमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले १५ रन बनायो र लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले पनि १५ रननै बनायो। सुपर ओभर पनि बराबरी हुँदा इंग्ल्याण्डलाई धेरै चौका/छक्का प्रहार गरेको आधारमा विजेता घोषणा गरियो।

सुपर ओभर बराबरी भएमा बाउन्ड्रीको आधारमा विजेता घोषणा गर्ने नियम पुरानो भए पनि विश्वकप फाइनलमा न्युजिल्याण्ड पराजित हुँदा विश्वभरका क्रिकेटर, क्रिकेट पण्डित तथा फ्यानहरुले आईसीसीको नियम न्यायसंगत नभएको र यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।

“क्रिकेटको केहि नियमलाई गम्भीर पुनर्विचार गर्नुपर्छ” भारतीय क्रिकेटर रोहित शर्माले न्युजिल्याण्डको हार पछि ट्वीट गरेका छन्। यस्तै भारतीय पुर्व क्रिकेटर गौतम गम्भीरले आईसीसीको नियम हास्यास्पद रहेको बताएका छन्।

सामाजिक संजालमा आईसीसीको नियमबारे गरिएको ट्वीटहरु   

अस्ट्रेलियन पुर्व क्रिकेटर ब्रेट लिले विजेता तय गर्ने यो भयानक निर्णय भएको बताउदै यो नियम परिवर्तन गर्नु पर्ने बताएका छन्।

अर्का भारतीय पुर्व क्रिकेटर मोहम्मद कैफले यो नियम पचाउन मुस्किल भएको बताएका छन् र यसरी विजेता तय गर्नु भन्दा बरु ट्रफी बाँड्नु न्यायसंगत हुने लेखेका छन्।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]