इंग्ल्यान्ड कोच बेलिस अब आईपीएलमा विलियमसनको टिम हैदराबादको प्रशिक्षक

इंग्ल्याण्डलाई २०१९ विश्वकप क्रिकेटको उपाधि दिलाएका प्रशिक्षक ट्रेभोर बेलिसलाई इन्डियन प्रिमियर लिग – आईपीएल टिम सनराइजर्स हैदराबादले प्रशिक्षक नियुक्त गरेको छ।

सन् २०१३ देखि हैदराबादको प्रशिक्षक टम मुडी रहँदै आएका छन्। मुडीको कार्यकालमा सन् २०१६ मा हैदराबादले आईपीएल उपाधि जितेको थियो।

बेलिसले यस अघिनै इंग्ल्याण्ड प्रशिक्षक पदबाट एसेज सिरिज पछि राजिनामा दिने बताईसकेका छन्। उनले यस अघि आईपीएल टिम कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् जसको नेतृत्वमा टिमले २ वटा उपधि समेत जितेको थियो। उनको प्रशिक्षणमा सिड्नी सिक्सर्सले बिग ब्यास लिग र च्याम्पियन्स लिगको समेत उपाधि जितेको थियो।

सन् २०११ मा श्रीलंकालाई विश्वकप फाइनल पुर्याएका बेलिसले त्यसपछि इंग्ल्याण्ड क्रिकेट टिमलाई सिमित ओभरको क्रिकेटमा उच्चस्तरमा पुर्याउन ठुलो भूमिका खीका छन्।

“इंग्ल्याण्डलाई २०१९ विश्वकप उपाधि दिलाएका प्रशिक्षक ट्रेभर बेलिस सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। ट्रेभरले यस अघि कोलकाताको लागि लागि २ वटा आईपीएल ट्रफी तथा सिड्नी सिक्सर्सको लागि बिग ब्यास लिग र च्याम्पियन्स ट्रफी पनि जिताईसकेका छन्। हामिले यो महसुस गरेका छौँ कि उनको सफल बिगत सनराइजर्स हैदराबादलाई अघि बढाउन महत्वपूर्ण हुनेछ।”

“हामि टम मुडीलाई धन्यवाद दिन चाहन्छौं जसले टिमलाई पछिल्लो ७ वर्षमा ५ वटा प्लेअफ तथा २०१६ मा उपाधि जित्न ठुलो प्रभाव पार्नु भएको छ। यहाँसम्मको यात्रालाई धन्यवाद दिंदै हामि वहाँको आगामी भविष्यको लागि सुभकामना व्यक्त गर्न चाहन्छौं”

यो वर्ष आईपीएलमा सनराइजर्स हैदराबाद लिग अंकतालिकामा चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो। इलिमीनेटरमा भने दिल्लीसंग २ विकेटले पराजित भएको थियो। टिमको कप्तान २०१९ विश्वकप उप-विजेता केन विलियमसन छन्।

५६ वर्षीय बेलिस अस्ट्रेलियाका प्रथम श्रेणी क्रिकेटर रहेका थिए जसले सन् २००७ देखि ११ सम्म श्रीलंकाको प्रशिक्षण गरेका थिए। त्यस अघि उनले अस्ट्रेलियाको घरेलु क्रिकेटमा न्यु साउथ वेल्सको प्रशिक्षण गरेका थिए।

ट्रेभर बेलिसको करियर  – 

सन् २००४-२००७ – न्यु साउथ वेल्स
सन् २००७ – २०११ – श्रीलंका
सन् २०११-२०१५ – सिड्नी सिक्सर्स
सन् २०१२ – २०१४- कोलकाता नाइट राइडर्स
सन् २०१५ – हालसम्म – इंग्ल्याण्ड

( श्रोत – क्रिकवज )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]