इंग्ल्यान्ड कोच बेलिस अब आईपीएलमा विलियमसनको टिम हैदराबादको प्रशिक्षक

२०७६ श्रावण २, बिहीबार २१:०६

इंग्ल्याण्डलाई २०१९ विश्वकप क्रिकेटको उपाधि दिलाएका प्रशिक्षक ट्रेभोर बेलिसलाई इन्डियन प्रिमियर लिग – आईपीएल टिम सनराइजर्स हैदराबादले प्रशिक्षक नियुक्त गरेको छ।

सन् २०१३ देखि हैदराबादको प्रशिक्षक टम मुडी रहँदै आएका छन्। मुडीको कार्यकालमा सन् २०१६ मा हैदराबादले आईपीएल उपाधि जितेको थियो।

बेलिसले यस अघिनै इंग्ल्याण्ड प्रशिक्षक पदबाट एसेज सिरिज पछि राजिनामा दिने बताईसकेका छन्। उनले यस अघि आईपीएल टिम कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् जसको नेतृत्वमा टिमले २ वटा उपधि समेत जितेको थियो। उनको प्रशिक्षणमा सिड्नी सिक्सर्सले बिग ब्यास लिग र च्याम्पियन्स लिगको समेत उपाधि जितेको थियो।

सन् २०११ मा श्रीलंकालाई विश्वकप फाइनल पुर्याएका बेलिसले त्यसपछि इंग्ल्याण्ड क्रिकेट टिमलाई सिमित ओभरको क्रिकेटमा उच्चस्तरमा पुर्याउन ठुलो भूमिका खीका छन्।

“इंग्ल्याण्डलाई २०१९ विश्वकप उपाधि दिलाएका प्रशिक्षक ट्रेभर बेलिस सनराइजर्स हैदराबादको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। ट्रेभरले यस अघि कोलकाताको लागि लागि २ वटा आईपीएल ट्रफी तथा सिड्नी सिक्सर्सको लागि बिग ब्यास लिग र च्याम्पियन्स ट्रफी पनि जिताईसकेका छन्। हामिले यो महसुस गरेका छौँ कि उनको सफल बिगत सनराइजर्स हैदराबादलाई अघि बढाउन महत्वपूर्ण हुनेछ।”

“हामि टम मुडीलाई धन्यवाद दिन चाहन्छौं जसले टिमलाई पछिल्लो ७ वर्षमा ५ वटा प्लेअफ तथा २०१६ मा उपाधि जित्न ठुलो प्रभाव पार्नु भएको छ। यहाँसम्मको यात्रालाई धन्यवाद दिंदै हामि वहाँको आगामी भविष्यको लागि सुभकामना व्यक्त गर्न चाहन्छौं”

यो वर्ष आईपीएलमा सनराइजर्स हैदराबाद लिग अंकतालिकामा चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो। इलिमीनेटरमा भने दिल्लीसंग २ विकेटले पराजित भएको थियो। टिमको कप्तान २०१९ विश्वकप उप-विजेता केन विलियमसन छन्।

५६ वर्षीय बेलिस अस्ट्रेलियाका प्रथम श्रेणी क्रिकेटर रहेका थिए जसले सन् २००७ देखि ११ सम्म श्रीलंकाको प्रशिक्षण गरेका थिए। त्यस अघि उनले अस्ट्रेलियाको घरेलु क्रिकेटमा न्यु साउथ वेल्सको प्रशिक्षण गरेका थिए।

ट्रेभर बेलिसको करियर  – 

सन् २००४-२००७ – न्यु साउथ वेल्स
सन् २००७ – २०११ – श्रीलंका
सन् २०११-२०१५ – सिड्नी सिक्सर्स
सन् २०१२ – २०१४- कोलकाता नाइट राइडर्स
सन् २०१५ – हालसम्म – इंग्ल्याण्ड

( श्रोत – क्रिकवज )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy