भारतको घरेलु क्रिकेटमा आफ्नो खेलाडी खेलाउन अफगानिस्तानको आग्रह भारतद्वारा अस्विकार

२०७६ श्रावण ३, शुक्रबार २२:११

भारतको घरेलु क्रिकेट म्याचमा अफगानिस्तानको खेलाडीहरुलाई खेलाउन अफगानिस्तान क्रिकेट बोर्डले गरेको अनुरोधलाई भारतीय क्रिकेट बोर्ड – बिसीसीआईले अस्विकार गरेको छ। बिसीसीआईले अफगानिस्तानलाई भारतमा आफ्नो अन्तर्राष्ट्रिय खेल खेल्न तथा प्रशिक्षण कार्यक्रमहरुमा भने भाग लिन अनुमति दिएको छ।

कान्छो टेस्ट राष्ट्र अफगानिस्तानले पछिल्लो वर्ष भारतसंग आफ्नो पहिलो र ऐतिहासिक टेस्ट खेलेको थियो। भारतकै देहरादुन र ग्रेटर नोयडा अफगानिस्तानको घरेलु मैदान समेत हो।

यस अघि अफगानिस्तान बोर्डले भारतको भुमिमा आफ्नो घरेलु टि-२० लिग अफगानिस्तान प्रिमियर लिग आयोजना गर्न समेत बिसीसीआईसंग अनुरोध गरेको थियो जसलाई पनि बिसीसीआईले अस्विकार गरेको थियो। अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करण शारजाहमा आयोजना गरिएको थियो।

अफगानिस्तान क्रिकेटलाई भारतले सहयोग गरिरहे पनि घरेलु क्रिकेट आयोजना गर्न र क्रिकेटरहरुलाई भारतको घरेलु क्रिकेटमा हिस्सा दिन भने नदिएको हो। अफगानिस्तानको कंधरमा भारतको सहयोगमा क्रिकेट स्टेडियम बनिरहेको छ।

२०१९ विश्वकपमा अफगानिस्तानले सबै खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहे पनि भारत र पाकिस्तान जस्तो टिमलाई जित्न मुस्किल बनाएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy